काठमाडौ । नेपालको राजनीति बुढाखाडाले मात्र ओगटेका कारण नेपालको भाग्य र भविष्य बर्बाद भएको अधिकांशको बुझाई छ । बुढाखाडाले पार्टी छोड्नुपर्ने बिचार आइरहेको छ । तर उनीहरुलाई पछार्न युवाहरु अघि बढेका उदाहरण एकदम कम मात्र छ ।
दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन्। स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्र,मणका कारण निधन भएको थियो।
डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए। भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो।स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन्। उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन्।
नेपाली युवा वर्गलाई गहकिलो सन्देश बनेको छ । नेपालको राजनीति ओगटेर बस्ने बुढाखाडा नेतालाई भने झड्का लागेको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा दैलेख जिल्ला दुल्लु–३ को वडा सभापति मा मात्र १९ वर्षिय किशोरी स्वस्थिका महत निर्वाचित भएकी छिन् ।
उनले आफूभन्दा दोब्बर तेब्बर उमेरकाहरुलाई पाखा लगाएर सभापति जस्तो गरिमामय पदमा आफूलाई आशिन गराइन् । उनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना