सेयर बजार हरियाली, अर्थमन्त्रीको फोनले १६१.९४ अंकले बढ्यो नेप्से !

काठमाडौं । आइतबार ५ प्रतिशत घटेको सेयर कारोबार सोमबार दिउँसो नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा पुगेको छ ।

नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा कडाइ गरेर त्यसको असर पुँजीबजारमा देखिएको भन्दै आइतबार लगानीकर्ता समूहले राष्ट्र बैंकको विरोध गरेका थिए । साथै, लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा पनि माग गरेका थिए ।

तर, सोमबार अर्थमन्त्री जर्नादन शर्माले चासो राखेसँगै सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई फोन गरेर यसबारे कुराकानी गरेका थिए ।

सोमबारको कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ ।

सोमबार नेप्सेमा २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक ९ दशमलब ८१ प्रतिशत, फाइनान्स ९ दशमलब ६ प्रतिशत, जलविद्युत् ८ दशमलब ७५ प्रतिशत, होटल तथा पर्यटन ६ दशमलब ३६ प्रतिशत, लगानी समूह ६ दशमलब ६७ प्रतिशत, जीवन बीमातर्फ ५ दशलब ०३ प्रतिशतले वृद्धि देखिएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + = 9