सरकारलाई ओलीले भने: बलजफ्ती आएको पाहुना

काठमान्डौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नबोलाइएको पाहुना बताएका छन् ।

युवा संघ नेपालले गरेको कार्यक्रममा बोल्दै ओलीले यो सरकारलाई अवैध सम्बन्धहरुको उपजको पाहुना भएको पनि बताएका छन् ।

उनले यसलाई थोपरिएको पाहुना पनि भनेका छन् ।

अनि उनले यो सरकारलाई छिटोभन्दा छिटो बिदा गर्नु पर्ने पनि बताएका छन् । अर्को मंसिरसम्म यो सरकार बिदा हुने र त्यसका लागि आफूहरु हतारिन पनि नपर्ने उनले बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले २०७९ सालदेखि आफूहरुलाई भेट्न कसैले नसक्ने पनि बताएका छन् । अनि अहिले सरकारमा रहेका दललाई कसैले खोजेर पनि नभेट्ने उनले बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy − = 68