संखुवासभा ह-त्याकान्ड : प्रहरीद्वारा अनुसन्धान सुरु !

संखुवासभा । यहाँको मादी नगरपालिकामा भएको एकै परिवारका ६ जनाको ह,त्या घट,नामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोमबार नै घट,नास्थल पुगेको प्रहरीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान सुरु गरेको हो । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घट,नास्थल पुगेको थियो । राति पानी समेत परेका कारण अनुसन्धान बिहानबाट मात्र सुरु भएको हो ।

टोलीले तालिमप्राप्त २ वटा कुकुर समेत लाएर घट,नास्थलको अनुसन्धान सुरु गरेको हो । घटनास्थल सोमबार नै सिल गरिएको थियो भने कुकुरमार्फत ह,त्याको अनुसन्धान सहज बनाउनका लागि मारिएकाहरुको शव रातभर घट,नास्थलमा नै छाडिएको थियो । तर राति परेपछि कुकुरको प्रभावकारिता कम देखिने बताइएको छ ।

सोमबार बिहान बौद्धमान कार्कीको परिवारका ६ जना मृ,त भेटिएका थिए । उनीहरूको ह,त्या गरिएको प्रस्ट भए पनि कसले किन गरेको भन्ने अनुसन्धानबाट मात्रै खुल्नेछ ।

ह,त्या भएकाहरुमा ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

49 + = fifty five