तेह्रथुम पावरको आईपीओ आगामी शुक्रवारसम्ममा बाँडफाँट गर्ने तयारी !

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ अगामी शुक्रवारसम्ममा बाँडफाँट गरिने भएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ शुक्रवारसम्ममा बाँडफाँट गर्ने गरी प्रि – अलोटमेण्टको काम भइरहेको छ ।

कम्पनीले ८ लाख कित्ता आईपीओ गत भदौ ९ गतेदेखि १५ गतेसम्म निष्कासन गरेको थियो । कम्पनीले जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डको लागि, १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार ९ जना आवेदकबाट ३ करोड १२ लाख ५४ हजार २२० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन मागभन्दा ४२ गुणा बढी आवेदन हो ।

कम्पनीको आईपीओ गोलाप्रथाद्वारा ७४ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर पाउने छन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six + 1 =