एमसीसीबारे छलफल गर्न प्रचण्ड, नेपाल र यादवबीच भेटवार्ता ! पास गनै नदिने प्रचण्डको अडान

काठमाडौं : सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषयमा साझा धारणा बनाउन कांग्रेसबाहेका सत्तारुढ तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन्।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवबीच एमसीसी, मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइका बारेमा छलफल भएको हो।

ललितपुरको हात्तिवनस्थित यादवको निवासमा बिहीबार बिहान तीन शीर्ष नेताबीच छलफल भएको सुरक्षा स्रोतले बताएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने भन्दै सत्तारुढ दल र सत्ताबाहिर रहेका दलका शीर्ष नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्।

प्रचण्डले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन । एमसीसी केन्द्रीय कार्यालयले बुधबार नेपाल सरकारलाई पत्र पठाउँदै एमसीसीका प्रावधानहरु संशोधन गर्न नसकिने र यो कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। बिहीबार काठमाडौं आइपुगेकी एमसीसी उपाध्यक्ष सुमारले शीर्ष नेताहरुसँग छलफल गर्दैछिन्।

देउवाले विश्वासको मत पाएपनि दुई महिना पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छ।

अहिले गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ रहेका छन्। बाँकी मन्त्रालयहरू प्रधानमन्त्री मातहत नै छन्।

सत्ता गठबन्धन भित्र मन्त्रालय बाँडफाड र गठबन्धनबीच मन्त्री छनोटमा विवाद भइरहँदा देउवाले कस्तो मन्त्रिमण्डल बनाउँछन् भन्ने आमचासो रहेको छ।

बुधबार एमालेले सभामुखविरुद्ध संसद अवरोध गर्ने निर्णय संसदीय दलको बैठकमै गरेको थियो। एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न सभामुख सापकोटालाई पत्र पठाएको थियो।

तर, सापकोटाले उक्त पत्रलाई कार्यान्वयनमा नलगेपछि निर्वाचन आयोगले नेपालसहितका सांसदको पद कायम राख्दै नयाँ दल दर्ता गरेको थियो। यस विषयलाई लिएर बुधबार एमालेले संसद अवरुद्ध गरेको थियो। तीन नेताबीच यस विषयमा पनि छलफल भएको बताइएको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = one