काठमान्डौं । राजधानीको बानेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । पुरानो बानेश्वरस्थित मैतीदेवी पुलको बाँयापट्टि रहेको मात्रिका हाइट फाउण्डेसनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको महानगरी प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
महानगरीय प्रहरीका अनुसार तेस्रो तल्लामा रहेको कमोड शौचालयको साइडमा शंकास्पद वस्तु राखिएको थियो ।
महानगरीय प्रहरी प्रमुख एआइजी हरिबहादुर पालका अनुसार त्यो शंकास्पद वस्तु टाइमर बम हुन सक्ने अनुमान छ । उनले भने, ‘बाहिर तार निकालेर छोडिएको छ, टाइमरजस्तो देखिएको छ । त्यही भएर अहिलेसम्म टाइमर बम नै हो भन्ने प्रहरी आंकलन छ ।’
शंकास्पद वस्तु डिस्पोज गर्न घ,टनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फेला परेको त्यो शंकास्पद वस्तु डिस्पोज भइसकेपछि के हो भन्ने कुरा क्लियर हुनेछ ।
Facebook Comments Box