सङ्खुवासभा सामूहिक ह-त्या प्रकरण: तीजपछि जग्गा किन्ने योजना थियो, राति नै ६ जनाको ह-त्या

काठमाडौं । सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो ।

जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा मादी नगरपालिका १, उम्लिङसम्म त्यो भन्दा अलि सहज रूपमा पुग्न सकिन्छ ।

मादीमा बास बस्नका लागि होटलहरुको प्रबन्ध छैन, स्थानीयवासीको घरमा बास मागेर रात कटाउनुपर्ने हुन्छ । यो स्थितिमा बाहिरको मानिसका लागि सङ्खुवासभाको मादीसम्मको यात्रा निकै नै कठिन छ ।

अहिले वर्षायाममा वसन्तपुरबाट यात्रा गर्दा हिलोको सामना गर्नुपर्ने भएकाले नयाँ मानिसका लागि मोटरसाइकलको यात्रा कठिन छ । स्थानीय युवाबाहेक अरूलाई यो बाटोमा मोटरसाइकल चलाउन मुस्किल छ ।

यसरी बाहिरी दुनियाँबाट टाढा रहेको मादी नगरपालिकाको उम्लिङमा आइतबार राति एकै परिवारका ६ जनाको विभत्स ह,त्या भयो । ह,त्या कसले र कुन उद्देश्यले गराएको भन्नेबारे मंगलबार बिहानसम्म रहस्य खुलिसकेको छैन ।

बाहिरी जिल्लाका अ,प,रा,धीहरुले त्यहाँ पुगेर ह,त्या गरेका हुन् वा जिल्लाभित्रैका अ,प,राधी संलग्न थिए भन्ने पनि खुलिसकेको छैन ।

एकै परिवारका ६ जनाको ह,त्या गरिएको यो कहालीलाग्दो घ,टना कुन उद्देश्यले, कोबाट भएको हुन सक्छ त ? यसबारेमा प्रारम्भिक जाँचबुझमा खटिएका प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको कुराकानीका क्रममा उब्जेका केही निरुत्तरित प्रश्नहरू यहाँ प्रस्तुत गरिएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा सम्भवतः चाँडै नै यी प्रश्नको जवाफ खुल्दै जानेछ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety six ÷ = 16