एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई प्रचण्डले भनेः हुन्न हुन्न हुदैं हुन्न !

काठमान्डौं । यतिखेर नेपालको राजनीति एमसीसीले तताएको छ । एमसीसी पास गराउन एमसीसी उपाध्यक्ष फातिमा सुमार यतिबेला नेताहरुका घरघरमा पुगिरहेकी छन् । नेताहरुले एमसीसीबारे उनलाई विभिन्न खाले जवाफ दिन थालेका छन् ।

यसैबीच, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने घोषणा नै गरिसकेका छन् ।

मंगलबार पार्टी सम्बद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल) को केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसी सम्झौता संशोधन हुनुपर्ने बताएका हुन्। एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन्।

तर बैठकमा सहभागीहरूले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन्। उनले भने, ‘संशोधनका लागि कूटनीतिक पहल भइरहेको छ। संशोधन नभई पारित हुँदैन।’

प्रचण्डले परिमार्जन नगरिकन एमसीसी पास हुन्न, हुन्न हुदैं हुन्न भनेका उनी निकट स्रोतले बतायो । एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifteen ÷ three =