काठमान्डौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ।
शनिबार दिउँसो प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।
विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
भाडावाल सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो। प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाएका थिए।
Facebook Comments Box