रंगभेदको आरोप लगाउँदै नेयमारले भने- ‘गोन्जालेजलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ’

एजेन्सी । रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् । आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी समयमा एक आपसमा भिडेका थिए । झडपमा भाग लिएका दुई टोलीका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको थियो ।

गोन्जालेजको टाउकोमा पछाडीबाट हिर्काएकोमा नेयमारलाई पनि रातो कार्ड दिइएको थियो । मैदानबाट निस्कने क्रममा उनले स्पेनिस डिफेन्डरमा रंगभेदको आरोप लगाए । खेलपछि सामाजिक सञ्जालमा आक्रोश पोख्दै उनले थपे, ‘त्यसलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ ।’

मार्सेका म्यानेजर आन्द्रे भिल्लास बोआसले भने गोन्जालेजको समर्थन गर्दै एन्जेल डि मारियाले आफ्ना एक खेलाडीमाथि थुकेको आरोप लगाए । गोन्जालेजले रंगभेदी टिप्पणी गरेको बारे गरिएको प्रश्नमा उनले भने, ‘मलाई लाग्दैन, किनभने अल्भारो अनुभवी खेलाडी हुन् ।

फुटबलमा रंगभेदको स्थान छैन, तर मलाई यहाँ यस्तो भएको लाग्दैन ।’ खेलमा पीएसजी १–० ले पराजित भएको थियो । सन् १९८४–८५ सिजन यता पीएसजी शुरुवाती दुई खेलमा पराजित भएको यो पहिलो अवसर हो । पहिलो खेलमा पीएसजी लेन्ससँग १–० ले पराजित भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

two + four =