आईपिएलबाट बाहिरिने पहिलो टिम बन्यो धोनीको चेन्नाई, राजस्थान ७ विकेटले बिजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्‍नइ सुपर किङ्समाथि जित निकालेकाे छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । योसँगै चेन्‍नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने सम्भावना बढेको छ । चेन्‍नई अब प्लेअफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएर अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्ने हुन्छ ।

चेन्नईले दिएको १२६ रनको सामान्य लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाए । सन्जु सामसन सुन्य रनमा आउट भए । चेन्नईका बलर दिपक चहरले २ विकेट लिएका थिए भने जोस हजेलवूडले एक विकेट लिए ।

यसअघि अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रनको सामान्य योगफल बनाएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाए । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जोडे ।

राजस्थानका बलर जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल र राहुल तेबातियाले एक एक विकेट लिएका थिए । जितसँगै राजस्थानले अंक तालिकाको पुछारको स्थान छाडेको छ। राजस्थान १० खेलबाट ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। चेन्नई भने अंक तालिकाको पुछारमा झरेको छ। चेन्नईको १० खेलबाट ६ अंक छ। आइपिएलमा मंगलबार राति किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ seven = twelve