खुसीको खबर ! प्रचण्ड माधवको अडान पछि विनासर्त सदाको लागि एमसीसी खारेज, फातिमा आज फर्किदै

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल बीच सम्झौता भएको लामो समय सम्म पनि परियोजनाले गति नपाउँदा सम्झौता कार्यान्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेतृत्वको टोली नेपाल आएको छ ।

चार दिने नेपाल भ्रमणका रहदा फतिमाको टोलीले नेपालका प्रधानमन्त्री लगायत प्रमुख दलका नेताहरुसँग भेट्ने कार्यक्रम छ । यो भेट उनको भ्रमणको पहिलो दिननै सुरु भईसकेको छ ।

पहिलो चरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीलेभक्तपुरको बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई पहिला भेटेको छ ।

भेटमा अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख भट्टराई र प्रचार विभाग उपप्रमुख सूर्य थापा सहभागी थिए भने एमसीसी उपाध्यक्ष सुमारसँगै सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागी थियो ।

सो क्रममा नेपाल र अमेरिकाले हस्ताक्षर गरेका डकुमेन्ट लिएर आएको भन्दै टोलीले स्वीकार्य भए अनुमोदन गर्न आग्रह गरेको छ । नभए अनुदान अन्य मुलुक जाने पनि बताएको छ । टोलीको यो भेटको सन्देश भनेको अस्वीकार्य हुँदा हुँदै स्वीकार गर भनेर लविङ गरिरहेको छ ।

समझौता भित्रका नेपाल उठाएका प्रश्नहरु भित्र पनि मुख्य प्रश्नका रुपमा सम्झौताको समयवधि सकिएपछि पनि नेपाललाई जवजस्ती किन एमसीसी सहयोग दिन चाहान्छ त भन्ने उब्जिएको छ ।

समयावधि सकिएपछि अमेरिकाबाटै सम्झौता खारेज गर्नुपर्नेमा टोली किन नेपाल आयो भन्ने प्रश्नको उत्तर अहिले नेता देखि सर्वसाधारण पनि खोजिरहेका छन् । यसको पक्षरविपक्षमा ठूला जनमत बाँडिएको छ ।

समाजिक संजालहरुमा यसको विपक्षमा ठूलो मत छ भने नगन्य मात्रामा मात्रै यसलाई स्वीकार गर्नुपर्छ भन्ने मत देखिएको छ । ओलीसँगको भेटमा एमसीसीको टोलीले सम्झौतालाई लिएर नेपालमा नहुनुपर्ने विवाद भएको बताएको छ ।

भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुशार जवाफमा एमाले अध्यक्ष ओलीले भने आफू सरकारमा रहँदा सम्झौता अगाडि बढाउन खोजेको तर, सभामुखसहितका केही व्यक्तिका कारण सम्भव नभएको बताएका छन् ।

अहिले आफूहरु प्रतिपक्षमा रहेको र सरकारले यसबारे कुनै प्रस्ताव नल्याएका जवाफ दिएका छन् । उनले पहिले सरकारले प्रस्ताव ल्याएपछि आफूहरुले धारण बनाउने उनले बताएका छन् ।

यसै गरी एमसीसीको टोलीले अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सिंहदरबारमा भेटेको छ । भेटमा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटमा सहभागी नेताहरुले बताए ।

नेता गंगालाल तुलाधरका अनुशार उनीहरुले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग हुँदै होइन । जे हल्ला भएको छ, यो हल्ला मात्र हो भनेर प्रस्टाएका छन् । नेपालको अर्थ मन्त्रालयले पठाएका प्रश्नहरुमा एमसीसीले दिएको जवाफ भन्दा बढी नै प्रष्ट पार्न खोजेको उनले बताए ।

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने बताएका छन् ।

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएका छन् ।

नेपाल पछि एमसीसीको टोलीले जसपाका नेताहरु उपेन्द्र यादव र बाबुराम भट्टराई सहित नेताहरु संग भेट गरेको थियो । भेटमा यादव भट्टराईले एमसीसी चाहिएको र यसको लागि राष्ट्रिय सहमति हुनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरि एमसीसीको टोलीले जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग पनि भेटेको थियो । प्रचण्डले एमसीसी भित्र केही समस्या भएको र यसलाई संशोधन गरेर राष्ट्रिय सहमति बाट मात्र अगाडी बढाउने धारणा राखेका थिए ।

त्यसैगरि एमसीसी टोलीले उर्जामन्त्री पम्फा भुसाल संग पनि भेटेको थियो । भुसालको जवाफ पनि एमसीसी राष्ट्रहित विपरित भएकोले यसको लागि राष्ट्रिय सहमति चाहिने वताएको श्रोतले जनाएको छ ।

एमसीसी टोलीले प्रधानमन्त्री शेर वहादुर देउवा संग पनि भेटवार्ता गरेको थियो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने प्रतिवद्दता गरेका छन । सत्तारुढ गठबन्धन भित्र सहमति हुन नसकेको कारण एमसीसी अगाडी बढाउन नसकेको देउवाले वताएका थिए ।

भेटघाटकै क्रममा एमसीसी उपाध्यक्ष सुमारको टोलीले अर्थमन्त्री जनार्दन शर्मा संग पनि भेटेका छन । भेटमा शर्माले राष्ट्रिय सहमति बाट मात्र एमसीसी अगाडी बढाउने वताएका थिए ।

नेकपा एमाले, नेपाली कांग्रेष र जसपा एमसीसीको पक्षमा रहेको छ भने माओवादी लगायत अन्य सबै राजनैतिक दलहरु एमसीसीको विपक्षमा उभिएका छन ।

एमसीसीको पक्षमा र विपक्षमा को को लागेका छन यो पढ्नुस ।

एमसीसी टोलीलाई ‌ओलीको जवाफ( ‘सरकारमा हुँदा अगाडि बढाउने प्रयास गरेका हौं, अहिले सरकारको धारणा कुर्छौं’

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे सरकारको धारणा सार्वजनिक नभई वा सरकारको प्रस्ताव नआई आफूले के गर्ने भन्ने निर्णय नलिने बताएका छन् ।

नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलका क्रममा ओलीले त्यस्तो जवाफ दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

बालकोटस्थित ओली निवासमा सुमारको टोली एमसीसीबारे छलफलका लागि पुगेको थियो । बिहीबार नेपाल आएको सुमारको टोलीले पहिलो भेट ओलीसँग गरेको थियो ।

भेटमा एमसीसीलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावसहित जिज्ञासा सुमारले राखेको र त्यसको जवाफमा अध्यक्ष ओलीले अहिले प्रमुख प्रतिपक्षीले धारणा बनाइहाल्नुपर्ने आवश्यकता नरहेको जवाफ दिएको भट्टराईले उल्लेख गरे ।

‘उनीहरूले कुरा राखिसकेपछि अध्यक्षले एमसीसी अगाडि लैजाने विषयमा हामी सरकारमा हुँदा जुन भूमिका थियो, हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ भन्नुभयो,’ भट्टराईले ओलीको भनाइ उल्लेख गर्दै थपे, ‘अहिले हामी त विपक्षमा छौं । सरकारले यस विषयमा के धारणा बनाएको छ रु सरकार कसरी अगाडि बढ्न चाहेको छ रु हामीसित उसले कुनै प्रस्ताव ल्याएको छैन । छलफल पनि गरेको छैन । अब सरकारले सरकारमा रहेकाहरूको प्रस्ताव के हो भन्ने कुरा क्लियर नभइकन हामीले यो हो भनेर धारणा बनाउने कुरा त्यति परिपक्व कुरा हुँदैन ।’

सरकारले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षले आफ्नो सार्वजनिक गर्ने जवाफ एमसीसीको उपाध्यक्षको टोलीलाई दिइएको भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभामा सरकारसँग बहुमत रहेको र उसले एमालेको साथ नखोजेको हुन सक्ने पनि ओलीले बताएको भट्टराईले उल्लेख गरे । एमसीसी उपाध्यक्षसँगको भेटमा एमालेकातर्फबाट ओली, स्थायी कमिटी सदस्य विष्णु रिमाल, सूर्य थापालगायत थिए ।

ओली र एमसीसी उपाध्यक्षबीचको भेटमा के–के कुराकानी भयो भन्नेबारे राजन भट्टराईसँग गरिएको कुराकानी :

एमसीसी उपाध्यक्ष सुमारको टीमले अध्यक्ष ओलीसँग भेट गरेको थियो । के कुराकानी भयो ? शिष्टाचार भेटका लागि उनीहरू आउनुभएको थियो ।

शिष्टाचार भेट गरेर एमसीसीको विषयमा यसलाई अगाडि बढाएर लैजान चाहन्छौं भन्ने कुरा उनीहरूले गरे । उनीहरूले कुरा राखिसकेपछि अध्यक्षले एमसीसी अगाडि लैजाने विषयमा हामी सरकारमा हुँदा जुन भूमिका थियो हामीले सिन्सियर प्रयास गरेका हौं, त्यो कुरा तपाईंहरूलाई पनि थाहा छँदैछ ।

अहिले हामी त विपक्षमा छौं । सरकारले यस विषयमा के धारणा बनाएको छ सरकार कसरी अगाडि बढ्न चाहेको छ हामीसित उसले कुनै प्रस्ताव ल्याएको छैन । छलफल पनि गरेको छैन ।

अब सरकारले सरकारमा रहेकाहरूको प्रस्ताव के हो भन्ने कुरा क्लियर नभइकन हामीले यो हो भनेर धारणा बनाउने कुरा त्यति परिपक्व कुरा हुँदैन । त्यसो हुनाले हामीले धारणा बनाएका छैनौं । सरकार के गर्छ त्यो कुरा सरकारबाट आएपछि हामी धारणा बनाउनुपर्ने अवस्था हुँदा हामी बनाउँछौं ।

सरकारले हामीलाई आफ्नो धारणा नबताएको पनि हुनसक्छ । किनभने सरकारलाई हामी आवश्यक नहुन पनि सक्छ, सरकारसँग आवश्यक बहुमतको संख्या संसद्‌मा छ । बहुमतमा रहेको सरकार भएको हुनाले उसले विपक्षीको सहयोगको अपेक्षा नठानेको हामीसँग सल्लाह नगरेको पनि हुनसक्छ ।

उहाँहरूको जोडबल पारित गर्नुपर्छ भन्ने थियो ?

उहाँहरूको पारित होस् भन्ने चाहना हो । उहाँहरूले जोडबल लगाएर अमेरिकाले जोडबल लगाएर हामी जोडिने पनि होइनौं । हाम्रा कुरा हामीले तय गर्ने हो । त्यसो हुनाले उहाँहरूको भनाइ (पारित) भइदिए हुन्थ्यो भन्ने पाइयो ।

सरकारले सोधेका प्रश्न र एमसीसीले दिएका जवाफबारे पनि केही छलफल भएका थिए कि ?

त्यस्ता अरु विषय उठेनन् । हामी संसद्‌भित्र विभाजित हुनुहुँदैन । यस्ता विषयहरूलाई जिम्मेवार ढंगले सबैले भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता हाम्रो पार्टीको छ । त्यसअनुसार हामी जिम्मेवारीमा रहँदा त्यही भूमिका निर्वाह गरेका हौं भनेर अध्यक्षले भन्नुभयो ।

अमेरिकाले एमसीसीमा सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्छ : नेपाल

नेपालगन्ज — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताएका छन् ।

एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताए । ‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु पर्‍यो । यो परियोजनामा विकासको कुरामात्रै छ भन्नु पर्‍यो,’ शनिबार बाँकेको नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने,‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाई सरकार फेल भएको बताए । नेता नेपालले कतिपय प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी ठूलो भएको बताए । सुदूरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकीकृत ९एस० एमालेभन्दा ठूलो पार्टी भइसकेको उनले उल्लेख गरे ।

उनले वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने बताए ।

एमसीसी टोलीलाई जसपाले भन्यो( ‘प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिन्छौं’

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने एमसीसी टोलीलाई जवाफ दिएको छ ।

एमाले अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर जसपा नेताहरुकहाँ पुगेको टोलीलाई उक्त जवाफ दिइएको हो । नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीसँगको छलफलपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट गरेर प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जानकारी दिएका छन् ।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल १ प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी १’ भट्टराईले लेखेका छन् । छलफलमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

बिहीबार एमाले अध्यक्ष ओलीलाई भक्तपुर बालकोटस्थित निवासमा र नेकपा ९एस० का अध्यक्ष नेपाललाई सिंहदरबारमा भेट गरेका थिए ।

राष्ट्रिय सहमतिपछि मात्र एमसीसी : प्रचण्ड

काठमाडौं स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स्ए (एमसीसी) पारित हुने बताएका छ्। नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा शुक्रबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दा भइसकेको अवस्थामा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूको समेत सहमतिमा मात्र संसदबाट एमसीसी अनुमोदन हुने सुमारलाई भनेका थिए ।

प्रचण्डले सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।

उपाध्यक्ष सुमारले एमसीसी कुनै सैन्य गठबन्धनसँग सम्बन्धित नभएको भन्दै नेपालको हितमा रहेको बताएकी थिइन् । उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन् ।

उर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसिसी० उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीसँग भेटवार्ता भएको छ ।

सिंहदरबार स्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको थियो ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसहितको सहभागीता रहेको थियो ।

विहिबार काठमाडौँ आइपुगेको सुमारसहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।

प्रधानमन्त्री र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटका लागि सुमारसहितको टोली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको थियो ।

देउवाले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको बताएका छन् । भेटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका सहउपाध्यक्ष जोनाथन ब्रुक्स लगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवा संसदबाट एमसीसी पास गराउन लबिङ गरिरहेका छन् । तर, उनकै सत्ता गठबन्धन सम्बद्ध घटकहरुसमेत त्यसका लागि तयार भइसकेका छैनन् ।

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन् । उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयमा पुगेर शनिबार अर्थमन्त्रीसँग भेटवार्ता गरेकी हुन् ।

एमसीसीबारे छलफल गर्नका लागि सुमारले अर्थमन्त्री शर्मालाई भेटेकी हुन् । भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीबारे राजनीतिक तहमा छलफल भइरहेको बताएको अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

एमसीसी उपाध्यक्ष सुमारले भने एमसीसीलाई छिटो संसद्‌बाट अनुमोदन गरेर कार्यान्वयनमा लैजान आग्रह गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

संशोधनसहित एमसीसी सम्झौता पारित गर्ने एमालेको नीति हो स् योगेश भट्टराई

काठमाडौँ — नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले मिलेनियमन च्यालेन्ज कर्पोरेसनसँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताएका छन् ।

तुल्सीलाल स्मृति भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले संशोधनसहित एमसीसी पारित गर्ने नेकपाकै समयमा भएको निर्णयमा अहिले पनि एमाले निर्णयमै कायम रहेको बताए ।

‘नेकपा हुँदा नै तीन सदस्यीय कार्यदल बनाएका थियौं । त्यो कार्यदलको सुझावमा एमसीसीको सम्झौतालाई संशोधन सहित अघि बढाउने भन्ने सुझाव थियो । त्यसको अर्थ एमसीसीलाई अस्वीकार गर्ने वा एमसीसी हुँदै हुँदैन भन्ने हाम्रो निष्कर्ष होइन’ उनले भने ‘एमसीसीको सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनर्व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । यो सबै विषयमा आवश्यक संशोधन गरेर एमसीसी अघि बढाउने भन्ने त्यस समयको निर्णय हो । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।’

एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने रहेको भट्टराईले भने । एमालेले बुधबार बिहान भएको संसदीय दलको बैठकमा समेत एमसीसीको विषयमा छलफल भएको उनले बताए ।

‘एमसीसीको विषयमा हाम्रो संसदीय दलको बैठकमा व्यापक छलफल गरेका छौं । एमसीसीको उपाध्यक्षसँग हाम्रो पार्टी अध्यक्षले पनि भेटघाट गर्नुभयो । पहिलो कुरा सत्तारुढ दल र गठबन्धनले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्नुहुन्छ वा गर्नु हुँदैन रु पहिले हामी त्यो हेर्दै छौं’ सञ्चारकर्मीहरुसँग उनले भने ‘टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ । जस्ताको त्यस्तै गर्नुहुन्छ कि संशोधन गरेर गर्नुहुन्छ कि त्यो विषयमा अहिले क्लियर छैन । अहिले नै त्यस विषयमा बोल्नु हतार हुन्छ । त्यो निर्णयमा सरकारको पोजिसन के हुन्छ त्यो हामी हेर्दै छौं ।’

यी सबैकुराहरु अध्ययन गर्दा एमसीसी नेपाल बाट फिर्ता जाने अवस्था देखिन्छ । एकातिर राष्ट्र अहितमा रहेको र अर्को तिर दलहरुको प्रतिष्ठा बनेको यो एमसीसी देउवा र वलीले चाहादैमा संसद बाट पास हुन सक्दैन । एमसीसी विना सर्त फिर्ता गर्नको लागि अहिले देशभर आन्दोलन भइरहेको छ । एमाले, कांग्रेष र जसपा वाहेक सबै राजनैतिक दलहरु यसको विपक्षमा उभिएका छन ।

एमसीसी उपाध्यक्ष र एस पाटीका अध्यक्ष नेपाल विचको भेटमा नेपालले एमसीसी कार्यान्वयन नगरे अरु देशमा लिने संकेत सुमारले गरेकी थिइन । एमसीसी वारे राष्ट्रिय एकता हुने संकेत पनि देखिदैन । यसकारण एमसीसी नेपाल बाट फिर्ता जाने अनुमान गरिएको छ ।

अन्तरष्ट्रिय समुदायमाथि विशेषत देशको दूरगामी महत्वराख्ने अझ लामो समयदेखि विवादित विषयमा सरकारले देशभित्रका सबै दलहरु बीच साझा सहमति जुटाएर एसमसीसीसँग छलफल गर्नुपर्नेमा देशभित्र देखिएको राजनीतिक धुब्रीकरणमा अमेरिकी टोलीलाई खेल्ने अवसर दिएको छ ।

यसको अन्तराष्ट्रिय समुदायमा जाने नेपालको सन्देश र आगामी सहयोग परियोजनाहरुमा नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुने विश्लेषण गरिएको छ । यसअघि बुधबार नेपाललाई सोधेका प्रश्नका जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रष्ट पारेको थियो ।

यस्तै एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =