प्रचण्ड संग फतिमा ले भनिन्: ‘एमसीसीमा दबाव दिन आएकी होइन, नेपाल सरकारको इच्छा के छ बुझ्न आएकी हु ’

काठमान्डौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपाल सरकारको इच्छामा मात्रै परियोजना कार्यान्वयन हुने बताएकी छिन्।

चार दिने भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गरि सुमारले नेपालको संसद्ले एमसीसी सम्बन्धी सम्झौता अनुमोदन गर्दै कार्यान्वयन गर्नेमा आशावादी रहेको बताइन्। उनले यो परियोजना सम्बन्धी नेपाल र अमेरिकाले सम्झौता गरेको चार वर्ष बितिसकेको र कार्यान्वयन गर्न ढिलो भइसकेको पनि बताइन्।

“म यहाँ एमसीसी परियोजना कार्यान्वयनका लागि दबाव दिन आएकी होइन्, हामी नेपाल सरकारको इच्छामा मात्र काम गर्छौं,” सुमारले भनिन्, “यो दुई देशका सरकारले गरेको सम्झौता हो, त्यसलाई नेपालको संसद्ले अनुमोदन नगर्दासम्म परियोजना कार्यान्वयन गर्न सकिँदैन।”

राजनीतिक दलका नेतासँगको भेटघाटमा आफूले यो नेपालका लागि महत्वपूर्ण अवसर भएको बताउँदै यसलाई नगुमाउन भनेको पनि बताइन्।

बितेका आठ वर्षमा सरकारमा रहेका हरेक राजनीतिक दलले एमसीसी परियोजना अघि बढाउन कुनै न कुनै रुपमा सहयोग गरेको बताउँदै अब संसद्बाट अनुमोदन भएर कार्यान्वयनमा जाने विश्वास व्यक्त गरिन्।

सुमारले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल लगायत उच्च राजनीतिक नेतृत्वसँग एमसीसी परियोजनाका विषयमा छलफल गरेकी थिइन्।

राजनीतिक नेतृत्वसँगको भेटघाटका दौरान आफूले यो परियोजना कार्यान्वयन गर्न हतारो भइसकेको विषयमा जानकारी गराएको सुमारले बताइन्। आयोजना कार्यान्वयनको लागि अमेरिकाले कति समय कुर्छ भन्ने प्रश्नमा सुमारले परियोजना कार्यान्वयनको ‘डेडलाइन’ नतोकिएको भए पनि सम्झौता भएको चार वर्ष बितिसकेकाले अब ढिलाई गर्न नहुने बताइन्।

उनले अमेरिकाको नेपालसँगको सम्बन्ध विशेष र सात दशक पूरानो भएको स्मरण गर्दै यो परियोजना अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको बताइन्। “एमसीसीबारे विभिन्न अफवाह, गलत सूचना प्रवाह भएको छ, यसको रकम सैन्य सहयोगका लागि खर्च हुँदैन, शतप्रतिशत रकम नेपालको विद्युत प्रणाली सुधार र सडक परियोजनामा खर्च हुन्छ,” उनले भनिन्।

सुमारले एमसीसीबारे नेपाल सरकारले पठाएका विभिन्न प्रश्नका विषयमा अमेरिकाले आधिकारिक रुपमा पत्रमार्फत जवाफ दिइसकेकाले सबै विषय प्रष्ट भइसकेको बताइन्। “हामीले पठाएको पत्र अमेरिकी सरकारको आधिकारिक धारणा हो, त्यसले सबै विषय प्रष्ट पार्छ भन्ने लाग्छ,” उनले भनिन्।

उपाध्यक्ष सुमारले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारण लाइन र सडक परियोजना नेपालको अर्थतन्त्रको दीर्घकालीन विकासका लागि आधारभूत पूर्वाधारको रुपमा रहने र यसले नेपालमै रोजगारी सिर्जना तथा अर्थतन्त्रको सुधारका लागि काम गर्ने बताइन्। उनले नेपालीलाई गरिबीको चंगुलबाट निकाल्न र भविष्यमा आम्दानीका लागि विदेश जान नपरोस् भन्नका लागि यो परियोजना महत्वपूर्ण भएको बताइन्।

आफू पनि दक्षिण एशियाली पारिवारिक पृष्ठभूमि भएको सन्दर्भ उल्लेख गर्दै सुमारले आफूले पाए जस्तै अवसर हरेक दक्षिण एशियाका नागरिकले पाउन् भन्ने आफ्नो इच्छा रहेको बताइन्। देशभित्रै त्यस्तो अवसरको सिर्जना गर्न एमसीसीले सहयोग गर्ने उनको तर्क थियो।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty six ÷ = seven