धोनीको टिम पुच्छरमा, सन्दिपको दिल्ली शिर्ष स्थानमा ( हेर्नुस आईपिएलको ताजा अंक तालिका )

काठमाडौं- राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सविरुद्ध जित निकालेको छ। सोमबार राति भएको खेलमा चेन्नाईलाई राजस्थानले सात विकेटले पराजित गरेको हो। १२६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको राजस्थानले १७.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो।

जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा समेत उक्लिएको छ । यस्तै राजस्थानले यसै सिजन लगातार दोस्रो खेलमा चेन्नइलाई हराउन सफल भएको छ । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो । चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । चेन्नइले १० खेलमा ६ अंक जोडेको छ । सातौं हार व्यहोरेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

fifty eight − = 55