प्रचण्ड कार्यकारी राष्ट्रपति नभई देशको विकास हुँदैनः पञ्चा सिंह

कैलाली । अखिल क्रान्तिकारी उपध्यक्ष पञ्चा सिंहले प्रचण्ड मुलुकको पहिलो कार्यकारी रास्ट्रपति नभई मुलुक उभों नलाग्ने जीकीर गरेकी छन् ।

कैलाली अखिल क्रान्तिकारीको २० ओैं जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष सिंहले भनिन्, ‘मुलुकको राजनितीमा विभिन्न दल र तिनका कयौं पात्रहरुलाई ठूला ठूला कुर्सीमा राख्ने प्रयोग भइसकेको र त्यसैको पछिल्लो कडीको रुपमा केपी वलीलाई कुर्सीमा पुर्याइएको तर त्यसले जनतामा केबल निराशा मात्र पैदा गरेको उनको भनाई थियो ।’

केपी ओली वालुवाटार छिरेपछि हाम्रा समृद्दिका एजेण्डहरु मजाकको बिषय मात्र बने । ‘जसले यो मुलुकको राजनीतिक परिवर्तनको नेतृत्व गर्यो उसैलाई रोक्न खोज्दा राजनीतीले पछाडीको बाटो समात्न खोजेको छ ।

अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थतिर धकेल्ने सारा प्रयासहरु असफल हुने र प्रचण्डले पहिलो कार्यकारी रास्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन ।’

माओवादी क्रेन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, माओवादी कैलालीका अध्यक्ष लाल बहादुर सोडारी, पुर्व साँसद हरि ज्ञवाली सहित क्रान्तिकारीका प्रवक्ता एबं उपमहसचिव जीपी मैनाली , केन्द्रिय सचिव मदन भुल र भिम भट्ट ,केन्द्रिय नेताहरु ,डम्बर भट्टराइ सहित पुर्व बिध्यार्थी नेता रमेश धामी र रमेश भट्टराइले शुभकामना मन्तब्य राखेको बिध्यार्थी नेता समिर जोशीले जानकारी दिए ।

एमाले छोड्न निकट नेताहरूसँग परामर्शमा भीम रावल
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले छोड्ने तयारी गरिरहेको खुलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले यस्तो तयारी गरेका हुन् । पार्टी छोड्ने तयारी गरेका रावलले आफू निकट नेताहरूको मनसाय समेत बुझिरहेको बताइएको छ ।

आइतबार ओली निवास बालकोटमा भएको घटनाक्रमले उनलाई पार्टी छोड्न बाध्य बनाएको उनी निकट एक नेताले बताए । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन र ओलीलाई थप दवाव दिन आग्रह गरेका थिए । यदि दवाव दिँदा पनि ओलीले नमानेको खण्डमा उनले एमाले छोड्ने करिबकरिब पक्का भएको ति नेताले बताए ।

ओलीसँग आइतबार भएको तिक्त छलफलपछि रावल आन्तरिक छलफलमा जुटेका छन् । उनले आफू निकट नेताहरूलाई पालैपालो भेटेर परामर्श गरिरहेको स्रोतले बतायो ।आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत नगएको स्रोतको दाबी छ ।

स्थगित भएको प्रतिनिधिसभा बैठक पछि रावलले सिंहदरबारमै केहि नेतासँग १० बुँदेमा ओलीले जालझेल गरेको बताएका थिए । उनले सहमति कार्यान्वयन नगरे ओलालाई अब साथ् दिन नसकिने समेत बताएको उनी निकट नेता बताउँछन् ।

छलफलमा झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए एमालेमा रहेर ओलीलाई साथ दिन नसकिने बताएका थिए । त्यतिमात्र होइन उनले ओली निवास बालकोटमा आइतबार बिहान भएको तिक्त संवादबारे नेताहरूलाई बताएका थिए ।

रावलले सुदूरपश्चिममा अध्यक्ष ओलीले भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू सबैसंग छलफल गरेर बाहिरिन सक्ने संकेत गरेका थिए । उनले केहिदिन अझै प्रयत्न गर्ने र ओलीलाई दवाव दिनुपर्ने बताएका थिए । छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए ।

रावलले १० बुँदे सहमति लागु हुँदैन भने यहिँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्दै गएको नेताहरूलाई बताएका थिए । उनले जेठ २ मा लैजान र १०बुँदे कार्यान्वयन गर्न ओली इमान्दार नभएको पनि बताएका थिए ।

आइतबार बिहान ओलीसंगको छलफलमा रावलले आफूमाथि अन्याय भएको बताएका थिए । उनले आफूहरूले १० बुँदेको इमान्दार परिकल्पना गरेको र त्यहि अनुसार अगाडी बढ्नुपर्ने भन्दै ओलीलाई दवाव दिएका थिए । तर ओलीले भने अर्को लफडा झिकेर विवाद नगर्न आग्रह गरेका थिए ।

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए । पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए। गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशमा सहजीकरण गर्न भीम रावल, लेखराज भट्ट र कर्ण थापा रहेको कार्यदलसमेत बनेको छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 5 = one