काम लागेन धवनको शतक, सन्दिप आबद्ध दिल्लीको करारी हार

काठमाडौं ।इन्डियन प्रिमियर लिग (आईपीएल) मा किङ्स इलाभेन पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ । दिल्लीले दिएको १६५ रनको लक्ष्य पछाएको पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

पन्जाबको जितमा निकोलस पुरनले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । ग्लेन म्याक्स्वेल ३२ रनमा आउट हुँदा दीपक होडाले अविजित १५ रन बनाए । यस्तै क्रिस गेलले २९ रन, केएल राहुलले १५ रन बनाए । जेम्स निशम १० रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दिल्लीले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अविजित रहदै १ सय ६ रनको शतकीय इनिङ्स खेले । धवनले लगातार दोस्रो खेलमा शतक बनाएका हुन् । पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × one =