जनार्दन अर्थमन्त्रालयमा आएसँगै काम नगर्ने कर्मचारी लखेट्ने अभियान सुरु , हालसम्म कतिजना खेदिए ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।

अध्यादेशमार्फत ल्याएको बजेट लेखनको कोर टीममा संलग्न सहसचिवहरूलाई सरुवा गरिएको हो । अबको ३ दिन भित्रमा ४ सहसचिवहरू प्रदेश जाने तयारीमा रहेका छन् ।

आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराल, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र आन्तरिक राजस्व विभागका पूर्वप्रमुख झक्कप्रसाद आचार्य सरुवा हुने भएका छन् ।

विचार नमिलेको भन्दै आफूसहितको पुरानो टिमलाई सरुवा गर्न लागिएको एक सहसचिवले बताए । प्रतिस्थापन विधेयक तयारीमा समेत आफूहरूसँग परामर्श नगरिएको ती अधिकारीले बताए ।

प्रतिस्थापन विधेयक आफू अनुकूल परिवर्तन गर्नका लागि अर्थमन्त्री शर्माले अर्थमन्त्रालयभन्दा बाहिरका सहसचिवहरू अर्थमन्त्रालय तानेका छन् । उनले कृष्णहरी पुष्करलाई राजस्व सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

केन्द्रीय तथ्यांक विभागमा लामो समयसम्म काम गरेर सचिव बनेका सुमन अर्याललाई महालेखा नियन्त्रक बनाएका छन् । विधि र पद्धतिलाई भत्काएर अर्थमन्त्रालयभन्दा बाहिरका क्याडरमार्फत बजेटमा आफू अनुकूल संशोधनको प्रयास भएको अर्थमन्त्रालयले स्रोतले बतायो ।

अर्थमन्त्रालका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीको तजबिजमा कर्मचारी व्यवस्थापन गर्ने र बजेट संशोधनको काम भएको एक सहसचिवले बताए । बजेट प्रतिस्थापन विधेयकको तयारीमा बजेट महाशाखाभन्दा बाहिरबाटै काम भएपछि महाशाखा प्रमुख भुपाल बरालले आफूलाई हटाउन माग गरेका थिए ।

दीर्घराज मैनालीलाई तालिम केन्द्र पठाइयो

अर्थमन्त्री जनार्दन शर्माले पुराना सहसचिव सरुवाको क्रमलाई जारी राखेका छन् । विचार नमिलेकै कारण ‘पन्छाउने’ क्रममा पछिल्लोपटक मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख दीर्घराज मैनालीलाई सरुवा गरिएको छ ।

मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र पठाइएको छ । उनको स्थानमा रमेश केसीलाई ल्याइएको छ । तालिम केन्द्र अर्थमन्त्रालय अन्तर्गतकै एक विभाग हो । तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएपछी मैनालीलाई रिक्त स्थानमा पठाइएको हो ।

अर्थमन्त्री शर्माले पुराना सहसचिवहरुलाई मन्त्रालयबाट सरुवा गर्दै बाहिरबाट जनशक्ति ल्याइरहेका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकहरुलाई मन्त्रालयमा तानेर भूमिकाविहीन बनाइएको छ ।

यसअघि बजेट प्रतिस्थापन विधेयक तयारीको क्रममा ओली सरकारको बजेट निर्माणमा संलग्न कोर टिमा रहेका केही सहसचिवहरूलाई पनि सरुवा गरिएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × = six