एमाले खानीखोलामा पहिरो, पूर्व वडाअध्यक्षसहित सिंगो गाउँ नै माओवादी केन्द्रमा प्रवेश !

काठमाडौं । नेकपा एमाले खानीखोला गाउँपालिकामा पहिरो गएको छ । एकैपटक सिंगै गाउँका एमाले कार्यकर्ताहरुले एमाले छाड्दै नेकपा (माओवादी केन्द्र) रोजेपछि एमाले खानीखोलामा पहिरो गएको हो ।

खानीखोला गाउँपालिकामा एमालेबाट निर्वाचित पूर्व वडाध्यक्षसहित सिंगो गाउँका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

खानीखोला गाउँपालिका वडा नं. ६ स्थित साविक साल्धारा गाउँ विकास समितिको वडा नं. ९ का पूर्ववडाध्यक्ष चन्द्र गोलेको नेतृत्वमा सिंगो गाउँ नै माओवादीमा प्रवेश भएको हो । वडा नं. ९ को लुइचे चनौटे फ्याङ्खोलाका गाउँका सबैजना माओवादी प्रवेश गरेका छन् ।

एमालेबाट प्रवेश गर्नेहरुमा पूर्व वडाध्यक्ष गोलेसहित जगत बहादुर थोकर, धन बहादुर थोकर, सोममाया थिङ, सिर्जना गोले, जगत बहादुर घिसिङ, जित बहादुर घिसिङ, सन्दीप थोकर, पुर्ण बहादुर थोकर, पुतली थोकर र चन्द्रमाया थोकर लगायत छन् ।

त्यस्तै नेपाली काग्रेसबाट दल बहादुर राना, रत्न बहादुर राना लगायत प्रवेश गरेका छन् ।

यसअघि पनि वडा नं. ६ बाट कल्पना गोले, बुद्ध गोले, सुकु गोले, सोमो माया गोले, मस्त राम गोले, उर्मिला गोले र नरमान गोले लगायत माओवादीमा प्रवेश गरेका थिए ।

उनीहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटिका सदस्य इन्द्रबहादुर थिङ छिन्ताङले जनताको समस्या र संकटमा माओवादी सधैँ जनतासँगै हुने बताए ।

‘गफा गर्ने, उखान सुनाउन वा हावा विकासका योजना सुनाउन अरु पार्टी पनि छन्’ छिन्ताङले भने, ‘यो देशको र खानीखोलाको समस्या समाधान गर्नका लागि अब सबैले माओवादी केन्द्र रोज्नुपर्छ, माओवादी जनताको समस्या र संकटमा सदैव सँगै हुनेछ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ eight =