बुटवलका मेयरमाथि पहिरो पीडितले हातपात गर्दा कानको जाली फुट्यो !

बुटवल । बुटवल ज्योतिनगरमा पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । हातपात गर्दा मेयर सुबेदीलाई सामान्य चोट लागेको छ ।

बुटवल उपमहानगरका उपमेयर गुमादेवी आचार्यले पूर्वयोजना बनाएर आफूहरुमाथि आ,क्रमण भएको बताइन् । उनले अन्नपूर्णसँग कुरा गर्दै भनिन्, “हामी मेयर, उपमेयर, प्रहरी टोलिसहित प्राविधिक टीम लिएर ज्योतिनगर पुगेका थियौं ।

एउटा मास (समूह) ले आक्रोशित भएर अपशब्द बोल्दै हामीमाथि एक्कासी हातपात गर्‍यो। मलाई चोट लागेको छैन । मेयरलाई चाहिँ सामान्य चोट लागेको छ। घट,नाको थप अनुसन्धान त होला नै ।’

उनले यो घट,नालाई स्वभाविक लिएको बताइन्। उनले नगर कार्यपालिकाको बैठक बसेर पहिरोस्थलमा प्राविधिक खटाउने निर्णय भएको र सो अवस्था बारे बुझ्न ज्योतिनगर गएको बताइन् ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै बुटवलको ज्योतिनगरमा पहिरो झर्दा ८ घर विस्थापित बनेका छन् । करिब ६० घरमा पहिरोको लेदो पसेको थियो । विस्थापितले अहिलेसम्म राहत पाएका छैनन् । पीडित तुल्सा सुबेदीले सरकारले आफूहरुलाई नहेरेको आ,क्रोश व्यक्त गरिन्।

बुटवलमाथिको चुरेबाट पहिरो झरेको हो । यो पहिरोले त्यस क्षेत्रका सयौं घर असुरक्षित रहेका छन् । २० वर्षअघि सोही स्थानमा पहिरो झर्दा बस्ती नै विस्थापित भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty seven ÷ = three