मैदान नसुके पछि काठमाडौं र विराटनगरबीचको खेल टस नभई रद्द

काठमाडौं : ईपीएल अन्तर्गत आज सोमबार हुने भनिएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल स्थगित गरिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो । खेल टस नै नभई स्थगित भएको हो ।

काठमाडौं र विराटनगरको खेल बिहान ९:३० मा सुरु हुने तय थियो। तर, टियु मैदानमा बिहानैदेखि घाम लागेपछि खेल ढिला गरि सञ्चालन गरिने बताइएको थियो। अन्तिम निरीक्षण स्वरूप ११:४० मा परीक्षण गर्दा पनि मैदान नसुकेका कारण अम्पायरले खेल स्थगित गरेका हुन्।

काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty six + = 28