‘हामी एमालेमै रहन सक्दैनौँ, माओवादी केन्द्र र माधव नेपालकै पार्टीमा जाने हो !’

काठमान्डौं । नेकपा एमालेमा रहेका प्रभावशाली नेताहरु यतिबेला तितरवितर भएका छन् । केही नेताहरुमा माधव कुमार नेपालले गठन गरेको पार्टीमा जाने निक्र्यौलमा छन् भने केही एमाले संस्थापन पक्षमै रहने आँकलन गरिएको छ ।

नेपालले बुधबार ९५ सदस्यीय केन्द्रीय समिति सहितको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

प्रभावशाली नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डेले एकताको पक्षमा आवाज उठाएका छन् ।

तर, यी नेताहरुमध्ये अधिकांश नेपालले गठन गरेको नयाँ पार्टीमै जाने स्रोतले न्यूज भण्डारलाई बनायो। तर, नयाँ पार्टीमा जानुअघि उनीहरुले एमाले अध्यक्ष केपी ओलीसँगै संघर्ष गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यन्वयन नगरे माधवको पार्टीमै जाने यी नेताहरुको तयारी छ ।

‘सहमति कार्यान्वयन नहुने अवस्थामा हामी एमालेमै रहन सक्दैनौँ, यिनले कार्यान्वयन पनि गर्दैनन्, त्यसैले ढिलोचाँडो माधव नेपाल समूहमै हामी जाने हो’ एक नेताले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

8 ÷ two =