प्रचण्डले बचाउन खोजेको कम्युनिस्ट आन्दोलन केपी ओलीले ध्वस्त पारे : मन्त्री थापा

दैलेख महाबु । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अम्बर बहादुर थापाले प्रचण्डले बचाउन खोजेको कम्युनिस्ट आन्दोलन केपी ओलीले ध्व’स्त पारेको आरोप लगाएका छन् । उनले दैलेखको महाबुमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई पूर्ण बनाउन ठूला दुई कम्युनिस्ट पार्टी बीचको एकता केपी ओलीले घात गरेपछि टुक्रिएर यो अवस्थामा पुगेको धारणा व्यक्त गरे ।

मन्त्री थापाले बाध्यताले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी गठन गर्नुपरेको बताए । नेपाली कम्युनिष्ट आन्दोलन यही तरिकाले अघि बढ्न नसक्ने भन्दै पुनर्गठित गर्न नयाँ पार्टी दर्ता गर्न बाध्य भएको मन्त्री थापाले बताएका हुन ।

‘जनताको बहुदलीय जनवाद महत्वपूर्ण हुन्छ भनेर स्थापना गरेको पार्टी एकता पछि पार्टी सुदृढीकरण कसरी गर्ने भन्ने ध्यय नराखेर केपी ओलीले विखण्डनतिर लागे ‘ उनले भने ।

केपी ओलीका निर्देशनमा दैलेखमा रवीन्द्र राज शर्मा र लक्ष्मी पोख्रेलले पार्टी एकता हुन नदिएको आरोप लगाए ।

‘फ्लोर क्रस गर्नु पनि हाम्रो बाध्यता थियो । कम्युनिस्ट आन्दोलन जोगाउन त्यति सहज लागेन ।’ उनले भने, ‘जे उपयुक्त लाग्यो त्यही गरेका हौ ।’

आफू मन्त्री भएपछि महाबुको विकासको लागि करोडौँ बजेट विनियोजन गरेको जानकारी दिए । उनले आगामी योजनामा महाबुको चक्रपथ निर्माण गरी कालोपत्रे गरिने कार्यक्रम मार्फत प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै, जिल्ला कमिटी उपाध्यक्ष एवम् महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जनताबाट अनुमोदित संविधानको रक्षा केपी ओलीले गर्न नसकेको बताए ।

‘केपी ओलीले संविधानको रक्षा गर्न सकेनन् । हामी माथि विश्वासघात भयो ।’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनको रक्षा गर्न र पूँजीवाद स्थापना गर्न नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुपर्ने भएको हो ।’

अध्यक्ष शाहीले राष्ट्रिय राजनीति अनुसार पाँच दलीय गठबन्धन अनुरूप स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने संज्ञा दिए ।

साथै उनले प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले महाबुको विकास गर्न नचाहेको र विभेदपूर्ण क्रियाकलाप गरेको आरोप लगाए ।

कार्यक्रममा, कर्णाली प्रदेश कमिटी सदस्य टेक बहादुर खानजि, जिल्ला संयोजक बरुनाथ योगी, मयाराम अधिकारी, जिल्ला सचिव मान बहादुर खड्का लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

99 ÷ eleven =