मन्त्री बन्ने रूचि छैन, पार्टी बलियो बनाउन सक्रिय हुन्छु : बिना मगर

काठमाडौं। सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारीलाई तीव्रता दिएको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका नियुक्त भएको दुई महिना कटिसक्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि नकारात्मक सन्देश सञ्चार भइरहेको छ।

सोही विषयलाई मध्यनजर गरेर पछिल्लो समय गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषद् विस्तारका विषयमा निरन्तर जस्तो अनौपचारिक रूपमा छलफल गरिरहेका छन्।

दलहरूले क(कसलाई मन्त्री बनाउने भन्ने विषयमा पार्टीभित्र र गठबन्धनमा छलफल अघि बढाएका छन्। यद्यपि गठबन्धनमा रहेका दलहरूबिच मन्त्रालयको भागबण्डामा अन्तिम सहमति हुन बाँकी नै छ।

दलहरु पनि पार्टीका तर्फबाट मन्त्रीको नाम टुंग्याउन आन्तरिक छलफलमा व्यस्त छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बसेको पार्टी स्थायी समिति बैठकमा अब केही दिनभित्र सरकारले पूर्णता पाउने बताएका थिए।

त्यसयता पार्टीबाट क-कसलाई मन्त्री बनाउने भन्ने चर्चा पार्टीभित्र भइरहेको छ। माओवादीबाट को(को मन्त्री बन्छन् भन्ने विषयमा समेत अड्कलबाजी हुन थालेको छ।

मन्त्र बन्ने सम्भावित नामबारे राजनीतिक वृत्तमा चर्चा भइरहेको बेला पूर्वखानेपानी मन्त्री एवं माओवादी केन्द्रका सांसद बिना मगर पुनः मन्त्री बन्ने हल्ला बाहिर आएको छ।

पार्टीले उनलाई पुनः मन्त्री बनाउन लागेको हल्ला माओवादी केन्द्रभित्र छ। पूर्व खानेपानी मन्त्री मगरले आफू पनि उक्त विषयमा जानकार रहेको बताइन्। तर, बाहिर हल्ला भएको जस्तो आफू मन्त्रीको दाबेदार नरहेको उनले बताइन्।

मगरले आफू अब मन्त्री नबन्ने बताइन्। उनले अब केही समय पार्टीको काममा व्यस्त रहने पनि बताइन्। “बाहिर बिना मगर मन्त्री बन्ने भन्ने खालको चर्चा पनि छ। तर, म मन्त्री बन्दिनँ।

पछिल्लो समय माओवादी आन्दोलन कमजोर भएको अनुभूति छ। हामी सबै मिलेर पार्टीलाई फेरि बलियो र शक्तिशाली बनाउनुपर्छ। म पार्टी बलियो बनाउन लाग्छु।”

मन्त्रीका लागि माओवादी केन्द्र लगायतका दलहरूमा लबिङ चलिरहेका बेला मगरले भने पार्टी संगठनमा काम गर्ने रूचि देखाएकी छिन्। ‘शुभचिन्तकको चाहना पनि पार्टी बनाउन लाग्नुस् भन्ने छ, म पनि त्यसरी नै केन्द्रित हुन चाहन्छु।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = forty