
काठमाडौं, ५ कात्तिक । नेपालमा एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६ जना संक्रमितले ज्यान गुमाएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ ।
पछिल्लो केही दिनदेखि कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्याले निरन्तर दोहारो अंक छुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार पछिल्लो पाँच दिनमा ६४ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको स्वाब परीक्षण गर्दा ५ हजार ७४३ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।
त्यसैगरि सोहि अबधिमा २ हजार ९९६ जना कोरोना मुक्तभएका छन् , अब कोरोना संक्रमण मुक्त हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।