राजसंस्था फाल्न मेनरोल खेल्ने पूर्वमाओवादी नै ज्ञानेन्द्रलाई राजा बनाउन तयार, देशभरका राजा समर्थकहरु बने उत्साहित !

काठमाडौं । राजसंस्था फाल्न मेनरोल खेलेका पूर्वमाओवादीहरु नै राजतन्त्र फर्काउन लागिपरेको तथ्य बाहिरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नयाँ परिस्थिति स्वीकार गरे राजासँग मिलेर जान सकिने बताएपछि राजसंस्था समर्थकहरु उत्साहित बनेका हुन् ।

राष्ट्रिय स्वाधीनताको निम्ति नयाँ ढंगले राजासँग मिलेर जानुको विकल्प नभएको उनको भनाइ छ । ‘राजाले अलिकति नयाँ ढंगले सोच्नुपर्छ । अहिले त राजा छैनन् । एउटा शक्ति होला । अब पुरानो हिसाबले होइन । त्यहीँ कम्बोडियामा पनि राजा नरोद्धम सिमानु र कम्युनिस्टहरु मिलेको इतिहास छ ।

ज्ञानेन्द्रले नरोद्धम सिमानुजस्तै अब नयाँ ढंगले जान्छु भन्ने हो भने स्वीकार्न सकिन्छ । हामी त्यहीँ पूर्वाग्रहमा किन बस्नेरु बस्दैनौं नि । नयाँ परिस्थितिअनुसार जानुपर्यो,’ उनले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

देशको स्वाधिनता रक्षाका लागि कम्युनिस्ट र राजा मिलेर जानुपर्ने उनको धारणा छ । ुसाच्चै देशको रक्षा गर्ने हो भने देशको रक्षा संसदवादीबाट हुँदैन कम्युनिस्ट शक्तिहरु मिलेर हुन्छ ।

कम्युनिस्ट भनेको अवसरवादी होइन क्रान्तिकारी हो । देशभक्त शक्तिहरु मिलेर जाउ भनेर एक स्टेप अगाडि आए भने अर्को स्टेप के हहो त्यो सल्लाह गरौं । हेरौला । राजावादीहरुले कम्युनिस्ट कामै लाग्दैनन् एकबताद्ध नै हुँदैनन् भन्ने कुरा पनि गलत हो ।

आजको २१औं शताब्दीमा पुरानै राजतन्त्र भनेर हुँदैन । राष्ट्रिय स्वाधिनताको निम्ति साच्चै राष्ट्रिय स्वाधिनताको निम्ति एक ठाउँमा आउनुपर्यो । लडाइ लड्न एक ठाउँमा आउनुपरयो । अहिलेको आन्दोलनमा कतिपय ठाउँमा एक ठाउँमा आउने स्थिति पनि बनेको छ । यो राम्रो कुरा हो । हामीले पूर्वाग्रह लिँदैनौं,’ उनले भने ।

तर हुबहु पुरानै राजतन्त्र भने सम्भव नहुने वैद्यले बताए । ‘कम्युनिस्टले पनि पुरानै तरिकाले भनेर हुँदैन । नयाँ तरिकाले जानुपर्छ । राजा भन्नासाथ पुरै सामन्तवाद सम्झिन्छन् । सामन्तवाद त यिनीहरु पनि हुन् । राजामात्रै त होइन । यिनीहरु नयाँ सामन्त भइराखेका छन् । राजालाई मात्र भनेर त हुँदैन नि, उनले भने’ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

twenty four ÷ 4 =