यो दशैँमा घर जान १५ हजार बढीले गरे अग्रिम टिकट बुकिङ

काठमाण्डौ । दशैँमा घर जानका लागि १५ हजारभन्दा धेरैले अग्रिम टिकट बुकिङ गरेका छन् ।

गएको असोज ११ गतेदेखि बिहानसम्म बसपार्कमै गएर र अनलाइनबाट १५ हजार जनाभन्दा धेरैले अग्रिम टिकट बुक गरेका ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो । गएको असोज ११ गतेदेखि दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीको बसको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो ।

अहिले नयाँ बसपार्कबाट ३२ वटा टिकट काउन्टरमार्फत टिकट बुक गर्न पाइन्छ । मल्लले यो वर्ष टिकट लिनका लागि कुनै समस्या नभएको दाबी समेत गर्नुभएको छ । तर यात्रुहरुले भने दशैँमा घर जानको लागि बस टिकट नपाइएको गुनासो गरेका छन् ।

अग्रिम टिकट खुलाएका व्यवसायीले पहिले नै टिकट बुकिङ भइसकेको भन्दै खाली हात फर्काउन थालेका उनीहरुको भनाइ छ ।

गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान लगायतका जिल्लामा जान टिकट नपाएको यात्रुको गुनासो छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = 30