काठमाडौं नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पदाधिकारी टुंग्याएको छ। क्रान्तिकारीको उपाध्यक्षमा जीपी मैनाली र नरेश रेग्मीको नाम टुगों लागेको हो। महासचिवमा दीपेश पुनलाई जिम्मेवारी दिइएको छ।
दीपेश उपराष्ट्रपती नन्दकिशोर पुनका छोरा हुन्। यसअघि पञ्चा सिंह अध्यक्ष भइसकेकी छन्। यसपटक संगठनको नेतृत्व विद्यार्थी प्रतिनिधिले चुन्न पाएनन्।
संगठनमा गुट हाबी हुँदै गएपछि पार्टीले विद्यार्थी नेतृत्वको पद टुँग्याएको बताइएको छ।
पदाधिकारीको अन्तिम नामावाली भने अझै बाहिर ल्याइएको छैन।
Facebook Comments Box