भर्खरै प्रचण्डको अभिब्यक्तीले एमाले मा गयाे भुकम्प ! ओलीकाे सात्ताे गयाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।

सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने रहेको पनि टिप्पणी गरेका छन् । 

‘अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो । त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ’, प्रचण्डको भनाइ छ । उनले अहिले पनि बुर्जुवा कम्युनिस्टहरु बीचको लडाइँ जारी रहेको बताए ।

‘कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवाद प्रतिगमनकारी प्रवृति र क्रान्तिकारी प्रवृतिको बीचमा पनि आउने दिनमा झन ठुलो संघर्ष हुनेवाला छ’, प्रचण्डले भने, ‘बुर्जुवा र प्रतिक्रान्तिकारीहरुले आफुसँग भएको सवै शक्ति केन्द्रीत गरेर प्रहार हामीमाथि केन्द्रीत गर्दैछन् ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको लडाइँ माओवादी पार्टी बचाउनेमात्रै नभएको भन्दै मार्क;सवादको रक्षामा अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न रहेको बताए ।

‘विज्ञानको पक्षमा उभिने कि अविज्ञानको ? क्रान्तिको पक्षमा उभिने कि प्रतिक्रान्तिको पक्षमा ?’ प्रचण्डको प्रश्न छ । उनले क्रान्ति र विज्ञानको पक्षमा उभिनेले देश, संविधान र लोकतन्त्र बचाउने र त्यसको विपक्षमा उभिनेले देश, लोकतन्त्र र संविधान दुर्घ,टनामा पार्ने दावी गरे । 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × = seven