न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ? तपाईले भर्नुभयो त ?

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ ।

यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि कम्पनीले छुट्याइएको छ भने, बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका छुट्याएको छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइन प्लेटफर्म मेरो सेयर सहित सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × 1 =