अब ओलीबाहेक गैरमाओवादीसँग पनि एकता हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा विचार नभएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित वुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेमा विचार छैन । सबै पद प्रतिष्ठामा लागेका छन् ।’

प्रचण्डले भने, ‘अहिले पार्टीमा गत्यारोध सिर्जना भएको छ । ‘क्लियारिटि’ छैन । समाजवादी क्रान्ति त भनिएको छ । २१ औं शताब्दीमा समाजवादी क्रान्ति नेपालमा कसरी गर्ने भन्ने स्पष्ट छैन ।

समाजवादी क्रान्तिका निम्ति कार्यनीति, तत्कालिन रणनीति, कार्यशैली कस्तो हुने भन्ने स्पष्ट छैन ।’ उनले हामीहरु सबै पद, प्रतिष्ठा,पैंसाको निम्ति गर्ने हो भने जनताले हामीलाई किन विश्वास गर्ने रु भन्दै प्रश्न गरे।

आउँदो चुनावमा आफ्नो पार्टी एक नम्बरको हुने उनले दावी गरे। उनले भने, एजेण्डाको हिसाबले हामी आगामि चुनावमा एक नम्बरको पार्टी हुनुपर्छ ।

हामी मार्क्सवादको पक्षमा स्वाधिनताको पक्षमा उभिनुपर्छ। आत्मसमर्पण र संशोधनवादको पक्षमा होइन ।’

उनले एमालेको विधान महाधिवेशनलाई लक्षित गर्दै माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने प्रपञ्च रचेको जिकिर गरे।

प्रचण्डले भने, ‘एमालेको कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने हो। प्रश्न माओवादी बचाउने कि नबचाउने भन्ने होइन ।

प्रश्न क्रान्तिको पक्षमा उभिने कि नउभिने हो। माओवादी जागरुप भएर अघि बढ्ने हो भने देश बच्छ। ’

ओलीबाहेक गैरमाओवादीसँग पनि एकता

प्रचण्डले केपी ओलीबाहेक अन्य पार्टीसँग एकताको कुरा अघि बढेको बताए। उनले भने, गैरमाओवादी पनि ध्रुविकरणको पक्षमा छन् ।

हामी एक नम्बरको पार्टी बन्छौं। ’ एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले ठगहरुलाई राम्रोसँग चिन्ने मौका पाएको टिप्पणी गरे ।

उनले भने, ‘झुट बोलेर ठगहरु चिनेर आइयो । ठगहरुले भ्रम दिँदा घृणा हुन्छ।’ उनले भने, ‘एक्लै भए भन्नुको अर्थ गुट भत्काउनुपर्छ भनेको हो । पार्टी एक ढिक्का हुनुपर्छ । क्रान्तिकारी पार्टी बनाउने भनेको हो।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

three × = 24