बेङ्लोरको शानदार जित पछि अंक तालिकमा ब्यापक परिवर्तन, कोहली समेत खुसि ( हेर्नुस अंक तालिका )

एजेन्सी : आइपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो । कोलकाताले दिएको ८५ रनको झिनो लक्ष्य बैङ्लोरले १३.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गरेको थियो।

यो जितसँगै बैंग्लोर आइपिएलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो। १० खेलबाट सात खेलमा जित र तीन खेलमा हार ब्यहोरेको बैंग्लोरको १४ अंक छ। पराजित कोलकाता भने चौथो स्थानमा छ। कोलकाताको १० खेलमध्ये पाँच खेलमा जित र पाँच खेलमा हारसहित १० अंक छ। लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको भने १० खेलबाट १४ अंक नै छ। तर नेट रनरेटमा बैंग्लोरभन्दा दिल्ली अघि छ।

बेङ्ग्लाेरको जितमा देवदूत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहँदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको कोलकाताले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो। उसले टीमको तीन रन हुँदा लगातार तीन विकेट नै गुमाएको थियो। त्यसपछि कोलकाता कुनै पनि समय सम्हालिन सकेन।

पूरै ओभर खेलेको उसले आठ विकेट क्षतिमा जम्मा ८४ रन मात्र बनाउन सक्यो। जारी आईपीएलमा यो सबैभन्दा कम योगफल हो। बैङ्लोरका मोहम्मद सिराजले तीन तथा युजभेन्द्र चाहलले दुई विकेट लिए।

 

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four × = thirty six