काठमाडौँ । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सन्तुष्ट देखिएका छैनन् । केही नेताहरु ओलीसँग विलय भएका छन् भने केही नेताहरु भने एमालेसँग नै अन्तरसं’घर्ष गर्ने तयारीमा देखिएका छन् ।
यतिबेला माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्ट र रामबहादुर थापा बादल पूर्णरुपमा नै एमालेमा लागेका छन् तर प्रभु शाह, मणि थापा टोपबहादुर रायमाझीलगायतका नेताहरु भने ओलीसंग खासै सन्तुष्ट देखिएका छैनन् ।
एमालेमा आएर पनि असन्तुष्ट रहेका नेताहरु फेरी माओवादीमा नै फर्किने चर्चा चल्न थालेको पनि छ । पछिल्लो समय उनीहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्तो बनाएको छ ।
एमालेमा आएका नेताहरु पदका कारण विचलित हुने अवस्था देखिन थालेको छ । एमालेमा आफूहरुले भनेको अनुसार भएन भने उनीहरु एमाले छो’ड्न सक्ने स्रोत बताउँछ ।
पछिल्लो समय प्रभु शाह ओलीसँग सन्तुष्ट रहेका छैनन् । उनले एमालेमा आफ्ना छुट्टै मागहरु प्रस्तुत गर्न खोजिरहेका छन् तर त्यसका लागि ओली भने तयार देखिएका छैनन् ।