‘प्रचण्डजी दुई मन्त्रालय दिन तयार हुनुहुन्छ’ भन्दै रामकुमारी झाक्रीले यसरी गरिन् तारिफ !

काठमान्डौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीकी सांसद रामकुमारी झाँक्रीले प्रचण्डको तारिफ गरेकी छिन् । पत्रकार ऋषि धमलासंगको अन्तर्वार्तामा सांसद झाँक्रीले माओवादी केन्द्र आफूहरुभन्दा ठूलो हैसियतको पार्टी भएको भन्दै प्रशंसा गरेकी हुन् ।

झाँक्रीले भनिन्, ‘माओवादी केन्द्र पार्टी स्थिर भएको पार्टी हो तर हामी आफ्नो खुट्टामा टेकेको पनि छैनौ । सुरुवात गर्दैछौं त्यसैले जब सम्म हाम्रो पार्टी आफ्नो खुट्टामा उभिने हुन्छ संगठन देशभरि बलियो हुन्छ अनि मात्र हामीले एकीकरण बारे सोच्छौ । अहिले माओवादी केन्द्रसंग गठबन्धन वा सहकार्य मात्र हुन सक्छ ।’

झाँक्रीका अनुसार प्रचण्डले गरेर आफूहरुले नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेको होईन । मिडियामा जे जस्तो हल्ला चलेपनि प्रचण्डले कहिल्यै पनि आफूहरुलाई एमाले पार्टी परित्याग गर्न कहिले पनि सुझाव नदिएको जनाएकी छिन् । आफु र प्रचण्डको भेटवार्तामा फुट्ने भन्दा पनि मिलेर काम गर्ने कुरा भएको उल्लेख गरेकी छिन् ।

रामकुमारी झाँक्रीले यो गठबन्धन फुटाउन धेरैले कोशिस गरिरहेको तर प्रचण्ड र माधव नेपाल कुनै हालतमा फुट्न नदिन लागिपरेको बताएकी छिन् । प्रचण्डले बरु आफ्नो भागमा भएको दुई मन्त्रालय समेत अरु दललाई दिएर भएपनि यो गठबन्धनलाई आगामी चुनाव सम्म लैजानु पर्ने जोड दिएको कुरा उल्लेख गरेकी छिन् ।

सांसद झाँक्रीले भनिन्, ‘प्रचण्ड जीले मलाई नै भन्नुभएको छ कि आफ्नो भागमा रहेको दुई मन्त्रालय बरु गठबन्धनमा रहेको अरु दलहरुलाई दिन तयार रहेको तर यो गठबन्धन कुनै हालतमा पनि फुट्न दिन हुन्न भनेर भन्नुभएको छ । त्यसैले जसले जे खेल खेलेपनि यो गठबन्धन आगामी निर्वाचन सम्म रहन्छ ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 2 = five