उस्तै परे आजै सपथ ग्रहण हुन्छ: प्रचण्ड

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले आजै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । बिहीबार राजधानीमा पंचली एटके टेलिभिजनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आजै सपथग्रहण हुनसक्ने बताए । ‘उस्तै परे आजै सपथ ग्रहण हुन्छ होला,’ अध्यक्ष प्रचण्डले भने ।

प्रचण्डले मन्त्रिपरिषद विस्तारमा उत्पीडित समुदायलाई प्राथमिकता दिएको बताए । ‘हाम्रो तर्फबाट हामीले उत्पीडित समुदायलाई अझ विशेषगरी महिलालाई अगाडि ल्याउने नयाँ प्रयास अगाडि बढाएका छौं । संविधानमा ३३ छ हामी ३५ पुर्याउँछौँ,’ प्रचण्डले भने ।

मधेशी, जनजाति र दलित सबैलाई क्याबिनेटमा समावेश गरिएको दाबी उनले गरे । ‘क्याबिनेटमा मैले हिजोमात्रै गरेको निर्णय हेरिहाल्नुभयो, ५० प्रतिशत महिला पुर्याइएको छ ।

त्यसमा मधेशी, जनजाति, दलित सबैको समावेश गर्न खोजिएको छ,’ उनले भने ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ 1 = two