काठमाडौं। माओवादी केन्द्रबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।
इतिहासमै सायदै कुनै एउटै पार्टीबाट झन्डै ५० प्रतिसत महिला मन्त्री बनेको यो नै पहिलो पटन हुनसक्छ ।
वर्तमान सरकारमा सहभागी हुने पछिल्ला मन्त्रीहरुको नाम टुंगो लगाउँदै पार्टीले सरकारमा सहभागी हुने मन्त्री ५० प्रतिशत महिला रहेको बताएको हो।
पार्टीले आजको बैठकबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाइ मन्त्री र बोधमाया यादवलाइ राज्यमन्त्री बनाउने निर्णय गरेको छ।
माओवादी केन्द्रबाट यसअघि पनि दुइ मन्त्री सरकारमा सहभागी छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सरकारमा सहभागी छन्।
Facebook Comments Box