पूर्व मुख्यसचिव पौडेलले गरे माओवादी केन्द्रमा प्रवेश !

काठमाडौं । केहीदिन अघि माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग ९वाईसीएल० लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएपछि चर्चामा आएका पूर्व मुख्यसचिव लीलामणि पौडेल माओवादीमा आवद्ध भएका छन् ।

अब औपचारिक रुपमा घोषणा गर्न मात्र बाकि छ।

यसअघि उनले माओवादी भएको विषयको खण्डन गर्दै आएका थिए । नेकपा माओवादी केन्द्रले मंगलबार गठन गरेको ३१ सदस्यीय विदेश मामिला विभागमा पौडेलको नाम छ ।

माओवादीले सुरेन्द्र कार्कीको अध्यक्षमा विदेश मामिला विभागको गठन गरेको हो । विभागको उपप्रमुखमा सुरेश आले मगर रहेका छन् ।

विभागमा पूर्व मुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत पौड्याल, डा। महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य छन् ।

सदस्यहरुमा पूर्व राजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंहसहितका कूटनीतिज्ञ पनि रहेका छन् ।

पूर्व मुख्य सचिव पौड्याललाई २०७६ फागुनमा केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । नेकपाभित्र विवाद चुलिनुको एउटा कारण पौड्याललाई दलभित्र छलफलबिना फिर्ता गरेको विषय पनि चर्चामा थियो ।

अन्य सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× eight = sixteen