चितवन पुगेर प्रचण्डले भने : एमालेले संसद छाडेर गए हुन्छ

काठमान्डौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई संसद छोडेर चुनौती दिएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले एमालेले संसद अवरोध गरिरहनुको पनि कुनै तुक नभएको बताएका छन्।

प्रेस सेन्टरले शनिबार बिहा भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा प्रचण्डले लगातार एमालेसँग संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार नभएको पनि जिकिर गरे।

‘आफैँले पटक–पटक विघटन गरेको संसद अवरुद्ध गर्ने एमालेलाई अधिकार छैन। बरु संसद छोडेरै गए भो’, उनले भने, ‘विरोध नै गर्नुछ भने त जनतामा गए हुन्छ।’

उनले एमालेसँग संसद अवरुद्ध गरिरहने कुनै तर्क र तथ्य पनि नभएको जिकिर गरे।

‘संसद अवरुद्ध गर्नुको कुनै न तर्क छ, न त कुनै तथ्य नै’, उनले भनेका छन्, ‘संसद विघटनलाई जायज पुष्टि गर्न मात्रै संसद अवरुद्ध गरिरहेका छन्।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty two + = sixty three