प्रचण्डको दशैं शुभकामना: समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको कार्यभार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

उनले शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू रहेको बताएका छन् ।

‘यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो,’ प्रचण्डले भनेका छन् ।

हाम्रा सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

त्यसै गरी, को,भिड–१९ का कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएकोले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन प्रचण्डले अपिल गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty seven + = forty one