काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घ,टनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गरेका छन् ।
मंगलबार मुगुमा भएको बस दुर्घ,टना र त्यसमा ३२ यात्रुको मृ,त्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घ,टनाका खबरले थप मर्माहत बनाएको उनले बताएका छन् ।
दुर्घ,टनामा ज्या,न गुमाएकाहरूप्रति श्र,द्धा,ञ्ज,ली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घा,इतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
“यस प्रकारका घट,ना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह गर्दछु,” बुधबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, “सम्पूर्ण दिवंगत नागरिकहरूमा श्रद्धाञ्जली अर्पण गर्दै चाडपर्वका दिनमा परिवार तथा आफन्तजनमा परेको यसप्रकारको विपद्प्रति दुःख व्यक्त गर्दछु ।”