काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घ,टनामा ज्या,न गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घा,इ,तेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारलाई सो आग्रह गरेका हुन् ।
विजया दशमीको मुखमा हिजो मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ जना यात्रुको मृ,त्युको खबरले स्त,ब्ध बनाएको प्रचण्डले उल्लेख गरेका छन् । साथै, कास्की, अछाम लगायत देशका विभिन्न भागहरुमा भएका सडक दुर्घ,टनाका खबरले थप मर्माहत बनाएको प्रचण्डको विज्ञप्तिमा उल्लेख छ ।
दिवंगत नागरिकहरुमा श्र,द्धा,ञ्ज,ली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव, चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा सवारी दुर्घ,टनाका घटनाहरु बढ्दै गइरहेको प्रचण्डले जनाएका छन् ।
यस प्रकारका घ,ट,ना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन उनले आग्रह गरेका छन् ।