देशै माओवादीमय बनाउने अध्यक्ष प्रचण्डको उद्घोष, झण्डै ३१ लाख माओवादी बन्ने !

काठमान्डौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले ठूलो लक्ष्य प्रस्तुत गर्दै आफ्नो रणनीतिक यात्रा तय गरेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सङ्गठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ सङ्गठित सदस्य, सदस्य र समर्थकलाई सङ्गठित गर्ने लक्ष्य लिएको हो ।

पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर सङ्गठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । विभिन्न प्रदेशका रिक्त पदाधिकारी र अन्य केही संगठनात्मक निर्णय पनि भएको छ ।

जसअनुसार प्रदेश नम्बर १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव चयन भएका छन् ।

यस्तै, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईलाई पनि सह इन्चार्ज बनाइएको छ । यसअघि हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी सहइञ्चार्ज थिए ।

यसअघि नै हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको बागमती प्रदेशमा सचिवको जिम्मेवारी अञ्जना विशंखेलाई दिइएको छ । यसैगरी गण्डकी प्रदेशमा देवेन्द्र पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्डले अबको निर्वाचनपछि आफ्नो पार्टी पुरानै लयमा फर्कने दाबी गर्दै आएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

30 ÷ = ten