काठमान्डौं । दसैँ काठमाडौंमै हुन्छ । ममी (सासूआमा) विरामी हुनुहुन्छ । जिल्ला ९कञ्चनपुर० जाँदिन । यहीँ खुमलटार घरमै हुन्छ । टीका लाउने स्पेसल केही छैन ।
यसपालि बुवा आमासँगै घरमै हुन्छु । घुम्ने र अध्ययनको केही प्लान छैन । बरु दसैँपछि फिल्डमा जाने भन्ने छ । दसैँ त प्रोपर्ली घरमै हुन्छ ।
म भेजिटेरियन भएकाले मासु चल्दैन । त्यस्तो विशेष छैन । टीका पनि लाउँदिन । यसपालि बच्चाहरूसँगै घरमै रहन्छु । घरपरिवार भेट हुने रमाइलो हुने पारिवारिक जमघट, सुखसुविधा, सुखी हुन्छन् । सबै परिवारका सदस्य घरमा केन्द्रित हुने राम्रो अवसर हो ।
एमालेसँग ‘वान टु वान’ र्वार्ता गर्न तयार छुः सभामुख सापकोटा
काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्।
उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताका हुन्।
बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका थिए।
सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।
‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ, उनले भने, के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ।
उनले दसैंको अवसरमा सबैमा सकारात्मक सोचको विकास होस् भन्ने कामना समेत गरेका छन्। आफूले संविधान र प्रतिनिधि सभाको नियमावली टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्ने भन्दै सबैले समीक्षा गरी सकारात्मक सोचका साथ संवाद गर्नुपर्ने उनको भनाइ थियो।
कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्नेमा आशावादी रहेको उनले बताए।