नयाँ फिफा बरियतामा नेपालको स्थान थाह पाउँदा सबै चकित, शीर्ष स्थानमा बेल्जियम

एजेन्सी, ६ कार्तिक । विश्व फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।

गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । कोरोना भाईरसका कारण गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प रहेको अवस्थामो अन्तर्राष्ट्रिय खेल खेलेको कारण पनि नेपालको वरियता यथावत रहेको हो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छन् । एक स्थान घटेको भारत १ सय ८ औं स्थानमा रहेको छ । यस्तै माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान १ सय ८९ औं, बंगलादेश १ सय ८७ औं, श्रीलंका २ सय ६ औं र पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो इंग्ल्यान्ड चौथो र पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । यसैगरी स्पेन छैटौं, उरुग्वे सातौं, अर्जेन्टिना आठौं, क्रोएसिया नवौं र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = nine