काठमान्डौं । पूर्वयुवराज पारस शाह बेलाबेलामा वि’वादमा आइरहन्छन् । पछल्लो पटक गत शुक्रबार साँझ उनी महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मोटरसाइकल चलाउँदा ट्राफिक नियम पालना नगरेकै कारण वि’वादमा परे । मा’पसे हेल्मेटसमेत नलगाई मोटरसाइकल चलाएका पारसलाई ड्युटीमा खटिएका प्रहरीले सोधपुछ गर्दा उनी प्रहरीमाथि नै जा’इला’गे ।
प्रहरीका अनुसार पछि उनलाई सम्झाई बुझाई गरी हेल्मेट लगाउन लगाएर पठाइएको थियो । केही समयअगाडि पारस पोखरामा रहँदा मोटरसाइकलमा डुलेका विभिन्न भिडियोहरू भाइरल पनि बनेका थिए ।
उनीसगैँ उनको मोटरसाइकल पनि चर्चाको शिखरमै रह्यो । हेर्दा असामान्य देखिने यो मोटरसाइकल कुन कम्पनीको हो रु मूल्य कति हो रु नेपालमा पाइन्छ कि पाइँदैनलगायतका कौतुहल धेरैलाई होला ।
उनले चलउने मोटरसाइकल हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हो । १ हजार ३ सय ३८ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलले ४ हजार ९ सय आरपीएममा ४८ एचपी पावर र २ हजार ४ सय आरपीएममा ८६।३ एनएम टर्क जेनेरेट गर्छ ।
हार्ले डेभिड्सनको सफ्टेल हेरिटेज १९९५ मोडल हाल नेपालमा उपलब्ध छैन तर मूल्य हिसाब गर्दा ८५ देखि ९० लाख रुपैयाँसम्म पर्छ ।
१ सय वर्षभन्दा लामो इतिहास बोकेको हार्ले डेभिड्सन नेपालमा भने २०७५ को नाडा अटो शोदेखि मात्रै प्रवेश गर्यो । हार्लेको डेभिड्सनको नेपालका लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले गैह्रीधारामा २ करोड खर्चेर शोरूम बनाएको थियो ।
संसारमा एक शताब्दी राज गरेको हार्ले डेभिड्सन नेपालमा भने ३ वर्ष पनि टिक्न सकेन । हाल नेपालमा हार्लेको शोरुम बन्द छ । करिब १५/१६ युनिट मोटरसाइकल बिक्री गरेको आईएमई अटोमोटिभ्सले स्टक मोटरसाइकल कर्पोरेट अफिसबाटै बिक्री गर्ने भन्दै शोरुम बन्द गरेको हो ।