
काठमाडाैँ । साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएको छ । शनिबार माल्दिभ्सको राजधानी मालेस्थित माल्दिभ्स नेशनल फुटबल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
भारतलाई विजयी बनाउन कप्तान सुनिल क्षत्री, सुरेश सिंह वाङ्जम र सहल अब्दुल सामदले एक एक गोलको योगदान गरे । सुनिल क्षत्रीले ४९ मिनेटमा पहिलो गोल गरेका थिए ।
सोही मिनेटमा अर्को गोल गर्दै वाङ्जमले भारतको अग्रता दोब्बर पारे । त्यस्तै, निर्धारित समयपछि थपिएको समयमा गोल गर्दै सामदले भारतको जीत सुनिश्चित गरे ।
भारतले यो सहित आठाैँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो भने नेपालले साफ इतिहासमै पहिलो फाइनल खेल खेलेको हो ।
Facebook Comments Box