राजाको नाम सुन्ने वित्तिकै किन चार वित्ता उफ्रिन्छन बाबुराम ?

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दशैँको अवसरमा देशबासीका नाममा सन्देश जारी गरे लगत्तै पुर्वप्रधानमन्त्री समेत रहेको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बावुराम भट्टराइले खरो प्रतिक्रिया दिएका छन् ।

केहि समय अघि पनि पूर्वराजा ज्ञानेन्द्रको समान्य बक्तव्यमै बावुरामले अहिले नागार्जुनमा बसेका ज्ञानेन्द्रले बढि भए देशै छोड्नु पर्ने बताएका थिए । अहिले पनि उनको सन्देश आउँने वित्तीकै फेरी बावुराम तात्तिएका छन् ।

राजा भन्ने शब्द सँगनै उनलाई एलर्जी भएको देखिन्छ । माओवादीको सान्र्दभिकतानै सकियो भनेर लगभग बर्षमा एउटा पार्टी फेर्ने गरेका बावुरामले कुनै समय इन्द्र लोहन सँगको कान्तिपुर टेलिभिनजको अन्तवार्तामा सांँस्कृति राजा राख्न सकिने बताएका थिए ।

अहिले भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई पुनः द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् ।उनले शाहे भ्रमको खेती गरेको भन्दै चुवचाप गणतन्त्र स्वीकार्न चेतावनी समेत दिए ।

‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो,’

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ ।’

पूर्व राजा शाहले दशैंको शुभकामना भिडियो सन्देशमार्फत् दिदै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालको सन्दर्भमा नहुने बताएपछि बाबुरामको पछिल्लो अभिव्यक्ति आएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 3 = nine