काठमाडौं । गु-ण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा आएका दीपक मनाङे उर्फ राजीव गुरुङ पछिल्लो समय प्रदेश राजनीतिमा ठूलै शक्तिका रुपमा देखापरेका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङको सरकार ढालेर नयाँ बनाउने खेलमा उनको निर्णायकजस्तै भूमिका रह्यो ।
डेढ महिनाको अन्तरालमा तेस्रोपटक मनाङेले मन्त्रीको सपथ खाएका छन् । मुख्यमन्त्री गुरुङको साथ छोड्दै पदबाट राजीनामा दिएका उनले फेरि मन्त्रीको कुर्सीमा फर्किन दुई दिन मात्रै धैर्य गर्नुपर्यो। आज मन्त्रीको सपथ खाए पनि उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ । यसपाली उनले अघिल्लोभन्दा ‘मालदार’ मन्त्रालय ताकेका छन् ।
मनाङबाट चुनाव जितेर मनाङे प्रदेश सांसद बन्दा नै धेरैले जिभ्रो टोकेका थिए । केन्द्रको राजनीतिक उथलपुथलले गण्डकी प्रदेश प्रभावित भएसँगै मनाङेका लागि अर्को ढोका खुल्यो । सरकार जोगाउनका लागि उनको एक मत अत्यन्तै महत्वपूर्ण बनेपछि मुख्यमन्त्री गुरुङले उनलाई ड्याङ्गै मन्त्री बनाइदिए ।
अपराधिक घट,नामा कयौंपटक प्रहरीले पक्राउ गरेर जेलमा कोचेका मनाङे प्रहरीबाटै स्यालुट खाने पोजिसनमा पुगे ।
विपक्षी गठवन्धनतर्फ पनि बहुमत नपुगे केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीले संसद विघटन गरी चुनाव घोषणा गर्ने तयारी गरेका थिए । विपक्षीमा गठवन्धनलाई बहुमतको लागि मात्र एक मतको अभाव थियो । अनि मनाङेले त्यो अभाव पूर्ति गरिदिए ।
तर, मनाङेलाई मन्त्री बनाएर पनि मुख्यमन्त्रीको संकट टरेको थिएन । निर्णायक भूमिकामा रहेका जनमोर्चाका सांसदलाई आफूतिर तान्न उनी असफल भए । जनमोर्चाका ३ मध्ये २ सांसद जब विपक्षी गठवन्धनतर्फ खुले, त्यसपछि सरकार गठन र विघटनमा निर्णायक पात्रका रुपमा अगाडि आए मनाङे ।
गण्डकी सरकार ढल्नेरनढल्ने उनको हातमा देखियो । र, यसबेला उनको चालबाजी पनि कुनै धुरन्धर राजनीतिक खेलाडीभन्दा कम थिएन ।
मुख्यमन्त्री गुरुङले मागेको विश्वासको प्रस्तावमा मतदान हुने दिन मनाङे गायब भए । प्रदेश सरकारको मन्त्रीलाई पुलिसले धुइधुइँ खोज्नुपर्ने अवस्था आयो । यसबीचमा उनी संसदको महत्वलाई बुझेका आदर्श पात्रका रुपमा पनि प्रकट भइदिए ।
नेपथ्यबाट उनले भने, ‘संसद विघटन गर्ने मुख्यमन्त्रीको योजनालाई म साथ दिन सक्दिनँ, जननिर्वाचित संसद त जसरी पनि जोगाउनुपर्छ ।’
विपक्षी गठवन्धनतर्फ पनि बहुमत नपुगे केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि मुख्यमन्त्रीले संसद विघटन गरी चुनाव घोषणा गर्ने तयारी गरेका थिए । विपक्षीमा गठवन्धनलाई बहुमतको लागि मात्र एक मतको अभाव थियो । अनि मनाङेले त्यो अभाव पूर्ति गरिदिए ।
बिहेमा रुमाल खोसाखोस भएजस्तो सत्तापक्ष र विपक्षीको तानातानमा परेका मनाङे आफ्नो रणनीतिमा प्रष्ट थिए, जता लाग्दा बढी फाइदा हुन्छ त्यतै लाग्ने । उनले स्पष्टै भने, ‘जुन पक्षले बहुमत पुर्याउन सक्छ, त्यसैलाई साथ दिन्छु ।’
सत्तापक्षतर्फ उनले साथ दिँदा पनि अपुग हुने अवस्था थियो । अर्थात् सरकार ढल्थ्यो नै । त्यसैले उनको भ्यालु कम भएको थियो । यता विपक्षीतर्फ उनको एक मत बहुमूल्य । विपक्षी गठवन्धनसँग ‘डिल’ भएपछि उनी मुख्यमन्त्री गुरुङलाई टाटा–बाइबाइ गर्दै कृष्णचन्द्रसँग लहसिए ।
उनको हस्ताक्षर प्राप्त गरेपछि मुख्यमन्त्रीमा दावेदारीका लागि कृष्णचन्द्रको कागजात पूरा भयो ।
तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरोधको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पेलान् भन्न पनि सकिन्न ।
मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने विवाद भए पनि मनाङे भने मुख्यमन्त्रीका लागि ‘निर्विवाद’ थिए । यद्यपि, उनलाई कुन मन्त्रालय दिने भन्ने टाउकोदुखाइ बाँकी छ । मनाङेले चानचुने होइन, गृह मन्त्रालयमा दावी गरेका छन् ।
योभन्दा अगाडि खाएको युवा तथा खेलकुद मन्त्रालय उनलाई खासै टेस परेको थिएन ।
यसअघि मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउँदा चौतर्फी विरोध भएको थियो । सामाजिक सञ्जालमा आँधितुफान नै आएको थियो । सत्ता जोगाउनकै लागि एउटा पुर्व गुण्डानायिकेलाई मन्त्री बनाउनु निन्दनीय थियो नै । यसले नेपालको संघीयता अभ्यासमाथि नै प्रश्न उठेको थियो ।
तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरोधको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पेलान् भन्न पनि सकिन्न । त्यस्तो मन्त्रालयमा मनाङेले के गर्लान् भन्ने चिन्ता नलिँदा पनि हुन्छ । आखिर अरु प्रदेश मन्त्रीले पनि गरेका के नै छन् र रु उनीहरुले गर्नुपर्ने र गर्न सक्ने पनि के नै छ र ?
दीपक मनाङे पटकपटक मन्त्री बन्दा अरु ‘जल्दाबल्दा गुण्डानाइके’ हरुले पनि राजनीतिमा आफ्नो भविष्य देख्न थालिसके होलान् । अनि, प्रहरीले पनि गुण्डाहरुको कठालो समात्दा निकै विचार पुर्याउनुपर्ने भयो, कतै मैले भोलीको मन्त्रीको कठालो त समाइरहेको छैन रु भोली यिनैलाई स्यालुट ठोक्नुपर्ने त होइन रु एक सन्दर्भमा उनले भनेका छन केपी समुहको कुनै काम छैन र उनिहरु संगको लडाइ जस्तोसुकै रुपमा पनि जित्न सकिन्छ ।
दिपक मनाङे ग्याङस्टरबाट मन्त्री
काठमाडौं, १६ वैशाख । दिपक मनाङे, काठमाडौंको मुख्य व्यापारिक क्षेत्रलाई केन्द्र बनाएर गुण्डागर्दीमा संलग्नको रुपमा परिचित नाम हो । ठमेललगायतका क्षेत्रमा मनाङेको प्रभाव अझै पनि छ ।
विकिपेडियामा दिपक मनाङेको परिचय नेपाली ग्याङस्टर र राजनीतिज्ञका रुपमा परिचय उल्लेख छ । उनी सन् १९९० को दशकमा ठमेल क्षेत्रमा हप्ताअसुली गर्दै बढेको विवरणमा भनिएको छ । उनीमाथि ज्यान मार्ने उद्दोग, सांघातिक आक्रमणलगायतको अभियोग दर्ता भई जेल सजाय पनि भएको थियो । ठमेलमा जन्मिएका मनाङे कलकत्ता र सिक्किममा हुर्किएका थिए । उनले विद्यालय स्तरको शिक्षा सिक्किमबाट पूरा गरेका थिए । काठमाडौं फर्किएर केही वर्ष गार्मेन्ट व्यवसाय चलाए । काठमाडौं र दिल्ली ओहोरदोहोर गरेर तयारी पोशाकको व्यापार गरे ।
रात्रीक्लबहरुमा मनाङेले लगानी गरे । उनको डिस्को, क्लब, रेस्टुरेन्ट र निर्माण व्यवसाय समेत गरे । व्यवसाय गर्दा गर्दै उनी हप्ताअसुलीमा लाग्न थाले । उनीमाथि जर्बजस्ती हप्ताअसुलीको अभियोग लाग्ने गथ्र्यो । उनी पटक पटक पक्राउ परे । काठमाडौं उपत्यकामा गनिएका डनहरुमध्ये दिपक मनाङे पहिलो नम्बरमा आउँथे । उनीमाथि प्रतिष्पर्धी डनहरुमाथि आक्रमणको अभियोग समेत दर्ता भएको थियो ।
आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगको सामना गरेका दिपक मनाङे अचानक राजनीतिमा संलग्न भए । उनलाई विगतमा राप्रपा नेता पशुपति शमशेर जबराको संरक्षण थियो । पछि लक्ष्मण थारु नेतृत्वको थारुवान संघीय समाजवादी पार्टीमा जोडिए । फेरि राप्रपामा लागे । पछि राप्रपा परित्याग गरे ।
मनाङबाट प्रतिनिधि सभामा उम्मेदवारी दाबी गरे । मनाङबाट नेकपा एमालेको टिकटबाट चुनाव लड्न खोज्दा उनलाई रोक्ने प्रयासहरु चले । एमालेले टिकट नदिने भयो । डनलाई टिकट दिन खोज्दा पार्टी नै बदनाम हुने भन्दै आलोचना भयो । त्यसपछि मनाङेले टिकट नपाउने भए । एमालेले उनीसँग भित्री सहमति गर्यो । जस अनुसार प्रदेश सभामा मनाङेलाई साथ दिने र प्रतिनिधि सभामा मनाङेले एमाले उम्मेदवारलाई साथ दिने विषय थियो ।
मनाङे राजीव गुरुङ्गका नामबाट मनाङ ख बाट स्वतन्त्र उम्मेदवार बने । उनले सजिलै चुनाव जिते ।
गण्डकी प्रदेश सभा सदस्य बनेका मनाङे त्यसपछि पोखरा मुकाम बनाएर सक्रिय भए । उनी खेलकुद सम्बन्धी कार्यक्रमहरुमा प्रमुख अतिथि बनेको देखिन्थ्यो । नेकपा विभाजनका बखत मनाङे बामदेव गौतमको पक्षमा देखिए । उनी बामदेवको एकता अभियानमा लागे । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनलाग्दा उनले एमाले त्यागेको घोषणा गरे । प्रदेश सभामा स्वतन्त्र सांसदको हैसियतले अलग्गै कुर्सी राख्न निवेदन दिए । उनले अविश्वासको प्रस्तावको पक्षमा रहेको सन्देशहरु प्रवाह गरे ।
गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुँदा राजनीतिक रोचक मोडमा पुग्यो । जनमोर्चाका सांसद खिमविक्रम शाही अविश्वासको प्रस्तावमाथि मतदान हुने बखत वेपत्ता भए । त्यसपछि मनाङे निर्णायक शक्ति भए । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले मन्त्री बनाउने प्रतिवद्धता व्यक्त गरेपछि निर्णय परिवर्तन गरे । उनले विपक्षमा मतदान गर्ने भए ।
कुनैबेला काठमाडौंका ग्याङस्टर दिपक मनाङेलाई प्रदेशको मन्त्री बन्ने अवसर सृजना गर्यो । संसदको अंकगणितको खेलले मनाङेलाई मन्त्रीको अवसर जुरायो । रिपार्टस क्लब शिव, प्रकाशित मिति स् १६ बैशाख २०७८, बिहीबार ।
दिपक मनाङ्गे प्रवृत्तिका मन्त्री र प्रहरीको सलाम’
मन्त्री नियुक्त भएपछि दिपक मनाङ्गेलाई सलाम गर्दै प्रहरी। तस्बिरः सुदर्शन रञ्जितको फेसबुकबाटमन्त्री नियुक्त भएपछि दिपक मनाङ्गेलाई सलाम गर्दै प्रहरी।
राजीव गुरूङ उर्फ दिपक मनाङ्गे युवा तथा खेलकुद मन्त्री नियुक्त हुनासाथ एक मित्रको म्यासेज आयो( ‘हिजो दिपक मनाङ्गेलाई गुन्डागर्दी, ज्यान मार्ने उद्योगमा पटक पटक पक्राउ गरेर थुन्ने प्रहरी अधिकृत र जवानहरू अझै जागिरमै होलान् नि, उनीहरूले दिपक मनाङ्गेलाई भेट्यो भने सलाम गर्लान् ररु’
मैले जवाफ फर्काएँ, ‘आफू पदमा रहेसम्म आफूभन्दा उच्च पदमा रहेकालाई सलाम गर्नैपर्छ।’
ती मित्रलाई भन्न त भनेँ, तर मनमा विभिन्न आइरह्यो, ‘साँच्चै, कुनै दिन आफैंले दिनरात खोजी गरेर खोरमा थुनेका दिपक मनाङ्गे प्रवृत्तिका मन्त्रीलाई कसरी गर्लान् नि सलामरु’ मलाई बि।स २०५३(५४ सालतिरको त्रिशंकु संसदमा सत्ताको खेलले भटाभट भएका मन्त्रीको अनुहार र ती अनुहार सांसद हुनुभन्दा अगाडि तिनका हैसियत र पृष्ठभूमिका बारेमा जानकार प्रहरी अधिकृतले सुनाएका किस्सा याद आयो।
जब राजिव पराजुली राज्य मन्त्री भए, तब एक जना इन्स्पेक्टर मित्रले सुनाएका थिए, ‘यो ठेकेदारले म वीरगञ्जमा पोस्टिङ हुँदा मलाई चाकडी गर्न दिएको टी(टेबुल अझै मेरो घरमा छ। प्रहरीमा बडो धाउँथ्यो, अब त हाम्रै पो सलाम खाने भएर आयो।’
केहि समयपछि मिर्जा दिलसाद बेग विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएको समाचार सुनेपछि पुराना डिएसपी सा’बले त्यही साँझ आफू कपिलवस्तुमा पोस्टिङ हुँदाका किस्सा सुनाउनुभयो, ‘आफ्नो तस्करीको बाटो बन्द नहोस् भनेर प्रहरीलाई महिनावारी खुवाउन खोज्ने तस्करले पनि अब प्रहरीको सलाम खाने भो नि।’
उतिखेर पनि संसदीय अंक गणितकै खेल थियो, अहिले फेरि त्यही खेल दोहोरिन थालेको छ। यस्ता खेलमा दाउ पार्ने यी यस्तै खेलाडी हुन्, जसका पछाडि हिजो प्रहरी लागेका हुन्थ्यो। आज पनि प्रहरी तिनकै अघिपछि लाग्नुपर्ने भो, फरक यत्ति हो, हिजो यिनीहरूबाट अरुको सुरक्षाको लागि, तर अहिले अरूबाट यिनीहरूको सुरक्षाको लागि। भनिन्छ, सत्ताका यस्ता खेलाडी मन्त्री भएपछि सर्वप्रथम यिनीहरूको विशेष ध्यान प्रहरी तिरै जान्छ रे, अर्थात प्रहरीले गर्ने सलाम (जय नेपाल) तिर।
प्रहरीले मलाई सलाम गर्छ कि, गर्दैनरु सम्मान गर्छ कि, गर्दैनरु भन्ने तर्फ नै बढी चासो राख्ने गर्छन् रे। एकताका एउटा प्रसंग बडो चर्चित थियो, जब तत्कालिन त्रिशंकु संसदकै पालामा गुन्डागर्दीमा नामुद खोभारी राय राज्यमन्त्री थिए, तत्कालिन आइजीपी अच्युतकृष्ण खरेलसँग एउटा बैठकमा भेट हुँदा तत्कालीन राज्यमन्त्री खोभारी रायले एक्कासी ‘ए आइजीपी सा’ब, तपाईंलाई मन्त्रीका अगाडि कसरी बस्नुपर्छ भन्ने थाहा छैनरु यही हो, तपाईंको अनुशासनरु’ भनेर थर्काएछन्।
भएको के रहेछ भने, तकालिन राज्यमन्त्री खोभारी रायको अगाडि आइजीपी आफ्नो कुर्सीमा बस्दा उप्परखुट्टी लगाएर बसेका रहेछन्। आइजीपी खरेलले पनि ‘तपाईंले मलाई अनुशासन सिकाउनु पर्दैन’ भनेर जवाफ दिएछन्। जस्तो पृष्ठभूमिको मान्छे पनि मन्त्री भएपछि आफूलाई बडो योग्य, सुशील अनि विद्वान ठान्ने परिपाटी छ।
अब दिपक मनाङ्गे मन्त्रीले पनि प्रहरीलाई अनुशासनको पाठ सिकाएको समाचार आउने नै छ। एउटा मिठो संयोग, ‘जुनबेला दिपक मनाङ्गेलाई काठमाडौं प्रहरीले धुइपत्ताल खोजि गर्थ्यो, त्यसबेला अहिले गण्डकी प्रदेश प्रहरीका प्रमुख काठमाडौंको एउटा प्रहरी युनिटका इन्चार्ज ९इन्स्पेक्टर० थिए।
दिपक मनाङ्गेले कुनै प्रसंगमा भनेका रहेछन्( ‘गुन्डा प्रहरीसँग डराउँछन्, प्रहरी नेतासँग र नेता गुन्डासँग।’
सायद यही सर्प, बिच्छी र भ्यागुताको कथा बुझेरनै होला कति प्रहरीसँग डराउनेरु भन्दै उनी नेता हुने बाटो रोजे र अहिलेका सत्तारूढ कम्युनिष्ट पार्टी ९एमाले० को बलमा सत्तामा पनि पुगे। अब उनी पदीय हिसाबले सलाम खाने स्थानमा त पुगे नै, तर उनलाई सलाम गर्नुपर्ने नियतिबाट गुज्रिएका प्रहरीको मनोदशा लिएर धेरैको मथिंगल घुमिरहेको देखिन्छ।
यो सलाम भन्ने कुरा पनि बिचित्रको छ( सत्तामा बेलाबखत पुगेकाहरू यसलाई बडो मिठो चिज ठान्छन् र यसको लागि लालायित हुन्छन्, अरू त अरू कुनै दिन गृह मन्त्रीका सल्लाहकार भएर काम गरेका एक जना विद्वानले दंग परेर सुनाउनुहुन्थ्यो( ‘म वामदेवजी (उपप्रधानमन्त्री तथा गृह) को सल्लाहकार हुँदा त प्रहरीको सलाम यति खाइयो कि, मेरो त हात जहिले निधारमा हुन्थ्यो।’
पछि उनीसँग छुट्टिएर फर्कदासँगै रहेका प्रहरी जवानले सोधेका थिए, ‘६ महिना गृह मन्त्रीको सल्लाहकार हुँदा खानुभएको सलामले त हात सधै निधारमा भनेर गफ दिनु भो, सरहरूले दिनमा सयौं पटक हाम्रो सलाम खानुहुन्छ होला, हात त झन् पुरै निधारमा टासिएको हुनुपर्ने नि सर।’ केहि समय सल्लाहकार रहेका बौद्धिक वर्गको त सोचाइ यो छ भने प्रहरीमा थुनिँदै, अनि त्यही प्रहरीबाट लुक्दै र भाग्दै गुन्डागर्दीबाट राजनीतिमा आइ मन्त्री भएकाले झन् के ठान्दा हुन्रु
सलाम भनेको सानोले ठूलो पदलाई गर्ने मात्र होइन, ठूला पदकाले पनि साना पदमा भएकालाई गर्ने हो। फरक यत्ति हो, सानाले पहिले गर्छ र त्यो फर्काइएको सलाम चाहीँ ठूलाले साना पदलाई पनि गरेको मानिन्छ। त्यसैले सलामको महत्व बुझेकाले जसरी तल्लो पद्काले सलाम गर्छन्, त्यही हिसाबमा फर्काउँछन्। तर सलामको महत्व नबुझेकाले अहो१ म त ठूला मान्छे भएँ, भनेर गमक्क परेर टाउको हल्लाउने गर्छन्।
सलामको महत्वबारे पूर्वमन्त्री ९१९ पटक कार्यवाहक प्रधानमन्त्री० स्व। बल बहादुर राईले आफू भर्खरै आवास मन्त्री भएको बेला २०४८ सालमा सिंहदरबारस्थित आफ्नो कार्यकक्षको झ्यालबाट गेटमा उभिएका नेपाली सेनाका जवानलाई देखाउँदै भन्नुहुन्थ्यो, ‘मलाई मन्त्री भएपछि सबैभन्दा आनन्द लाग्ने कुरा त्यो गेटमा उभिएको सैनिकले म भित्र प्रवेश गर्दा खुट्टा बजारेर गरेको सलाम हो। कुनै दिन ९वि।स। २०३१ साल टिम्बुरबोटे काण्डमा० त्यही सेनाले मलाई मार्ने सम्भावना थियो।’
उहाँले जसले सलाम गरे पनि अदबका साथ फर्काउनुहुन्थ्यो, सायद उहाँ आफू पनि नेपाली सेना ९विस २००३ साल अघि० मा जागिरे भएकोले हो कि, सलामको महत्व बुझ्नु भएझैँ लाग्थ्यो। एकदिन बल बहादुर राईले मन्त्री क्वाटरमा आफूलाई सलाम गर्ने सुनुवार थरका पूर्व एसपी सा’ब लाई सम्मानका साथ चिनाउँदै भन्नु भएथ्यो, ‘हो उहाँ नै हो मलाई ३१ सालमा पक्रिने अनि मार्नबाट बचाउने पनि।’
ती पूर्व एसपी सा’ब ले भन्नु भएथ्यो, ‘भूपु नै भए पनि यस्ता देशमा प्रजातन्त्रका लागि लडेका महान व्यक्तिलाई सलाम गर्दा आफैंलाई सलाम गरे जस्तै आनन्द आउँछ।’ ती प्रसंग सम्झिँदा अहिले दिपक मनाङ्गे प्रवृतिका मन्त्रीलाई सलाम गर्नुपर्दा सुरक्षाकर्मी आफैंलाई अपमान बोध हुन्छ होला। तर पदलाई मान्नुपर्ने हामीले पदमा पुगेकालाई सलाम त गर्नेपर्यो।
कोही कोही सलाम नै खोज्ने पनि हुन्छन्, कोरोना प्रकोप अगाडि ठाउँ ठाउँमा सांसद अनि स्थानीय निकायका पदाधिकारीले कुर्सी र टेबलमा चढेरै भए पनि सुरक्षाकर्मी र स्कुले विद्यार्थीको सलामी खाइरहेको फोटो देख्न पाइन्थ्यो।
यस्तैमा एउटा घटना स्मृतिमा आउँछ, ‘विस २०५५ सालमा म धरान प्रहरीको इन्चार्ज हुँदा एक जना तत्कालिन राजपरिषदका सदस्य थुनुवा छुटाउन आउनु भो, मैले छाड्न अस्वीकार गरेँ, तब म संग झोक्किँदै भन्नु भो, ‘म राजालाई सल्लाह दिने राजपरिषद्को सम्माननीय सदस्य हुँ, यो पद भनेको तपाईँको आइजीपीभन्दा १३ पद माथि हुन्छ। मलाई सलाम गर्नुस्’, मेरो मनले सलाम गर्न मानेन, मैले गरिनँ। ‘आइजीपीलाई कम्प्लेन गर्छु,’ भन्दै मेरो अफिस बाट झोक्किदै निस्कनुभयो।
आइजीपी सा’बलाई उहाँले कम्प्लेन गर्नु भयो कि, भएनरु थाहा भएन किनकि, माथिबाट मलाई यस बारेमा कुनै सोधनी भएन। यो सलाम गर्ने भन्ने कुरा पनि बडो बिचित्रको छ( मनले गर्न पायो भने बडो आनन्द लाग्छ, तर तनले मात्रै गर्नुपर्यो भने बडो गाह्रो लाग्छ। मन्त्री वा बाहिरका अन्य गैरपद पाएका तर सम्मान नपाएकालाई मात्र होइन प्रहरी वा सेनाभित्र पनि त्यस्ता पात्र हुन्छन्, जसलाई सलाम गर्न नपरे पनि हुन्थ्यो भन्ने हुन्छ। तर आमने सामने हुँदा गर्नैपर्छ। त्यतिखेर गरिएको त्यो सलाम भनेको काँधको फूलिलाई हो अर्थात तनको सलाम हो, मनको होइन।
म धरान प्रहरीमै हुँदा नै तत्कालिन जिप्रका उदयपुरका इन्चार्ज डिएसपी रमेश खरेल उपचारको क्रममा धरान आउनुभो। सिधै मलाई सम्पर्क गर्नुभयो। तर धरानमै रहेका मभन्दा माथिका उच्चाधिकारीलाई भेट्न रूचाउनुभएन। खाना खाने क्रममा मैले त्यो कुरा सम्झाउँदा उहाँले भन्नुभएको थियो, ‘म जानु त पर्ने हो, तर त्यस्ता मनले नखाएकालाई गर्नुपर्ने सलाम भारी लाग्छ, त्यसैले जान्न शिब सा’ब।’ सायद त्यहीँ भएर पछि काठमाडौं प्रहरी प्रमुख हुँदा तत्कालिन गृहमन्त्री वामदेव गौतमले आफूलाई भेट्न आएन भनेर गुनासो गरेको समाचार बाहिरिएको थियो।
कहिलेकाही काकतालीले राजनीतिक पदमा पुगेकाहरू आफ्नो धाक अनि रवाफ देखाउन अरूको अगाडि सुरक्षाकर्मीलाई सलाम गराउन र उभ्याउने प्रयास गर्दारहेछन्। विस २०५४ सालमा म वडा प्रहरी कार्यालय, महाराजगन्जको इन्चार्ज थिएँ, लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्रीबाट हटेर सूर्यबहादुर थापा प्रधानमन्त्री हुनु भएको थियो। गृहमन्त्री बुद्धिमान तामाङ र गृह राज्यमन्त्री सिन्धुपाल्चोकका बिष्णु बिक्रम थापा हुनुहुन्थ्यो।
सुरक्षा कारवाहीको क्रममा सिन्धुपाल्चोकबाट सांसदको उम्मेदवार भएका व्यक्तिलाई पक्रिएपछि गृहराज्यमन्त्रीले मलाई फोनमा तत्कालै छाड्न आदेश दिए। मैले ‘सोधपुछ हुँदैछ हजुर’, भन्दै आनाकानी गरेपछि तथानाम गाली गर्दै मलाई धम्क्याएर फोन राखेको एकछिनमा नै काठमाडौं प्रहरी प्रमुखको फोन आयो।
मैले गृहराज्यमन्त्रीको आदेश नमानेको बारे सोधपुछ भो, मैले यथार्थ बताएँ, तब उहाँले सम्झाउँदै भन्नु भो, ‘परिस्थिति बुझ केटा ९माया गर्दै०,एकदम रिसाएको छ, यिनीहरूले रातारात आइजीपी चेन्ज गर्छन् तिमीलाई पनि यो चाँडबाडको बेला जुम्ला, हुम्ला पुर्याउला, आइजीपीलाई त रातविरात फोन गरेर आफ्नो निवासमा बोलाएर हैरान पार्न खोज्दोरहेछ। जाउ तिमी महाँकालस्थान गएर सलाम गर्दै भेट, बेकारमा लफडामा नपर।’
उहाँले मेरै हितमा कुरा गर्नु भएको थियो। तर यस्ता प्रवृत्तिका अगाडि उभिएर सलाम गर्न आत्माले मानेन, गइनँ। केही समयपछि भोजपुरको अनकन्टहार बोयाङ थानाको लागि मेरो सरूवा पत्र आयो। एउटा सलाम त्यति भारी हुन्छ।
अहिले सत्ताको खेलको जोड घटाउमा हुनेरनहुने सबैले मन्त्री पद पाउन थालेका छन्। पदसँगै धेरै कुरा जोडिएर आउँछ। पावर अनि मान, सम्मान। पदमा पुगेपछि हिजो आफूलाई हत्कडी लगाउने हातले सलाम गर्न थाल्छन्, हो त्यही लोभमा बाटो(कुबाटोबाट सत्तामा छिर्न लालायित हुन्छन् खेलाडीहरू।
अहिले फेरि विस २०५० को दशक जस्तै खेल शुरु भएको छ। केन्द्रदेखि प्रदेससम्म। दिपक मनाङ्गेलाई हत्कडी लगाउने हा तले अब उनैलाई सलाम गर्ने दिन आए। हुनत उनी जननिर्वाचित सांसद हुन्, तर प्रहरी र सर्वसाधारणको नजरमा विगतले पनि पछ्याइरहने एक पात्र हुन्। त्यसैले त उनी मन्त्री हुँदा छापा र सोसल मिडियामा यसरी छाए। अब उनका अघिपछि निलो बर्दी र टाटेपाङ्ग्रे पोशाकमा प्रहरी हुनेछन्।
बेलाबखत उनलाई भ्रम पनि हुनसक्ला- ‘यी प्रहरी मेरो सुरक्षामा नै आएको त हो ? कि पक्राउ गर्न ?’
यसै प्रसंगमा एउटा रमाइलो प्रसंग याद आयो, विस २०४८ सालमा नेपाली कांग्रेसका प्रखर चिन्तक सिके प्रसाईको निधनपछि उहाँको शवयात्रामा भाग लिन भर्खरै प्रधानमन्त्री भएका गिरिजाबाबु हेलिकप्टरमा झापाको माइखोला आउनुभएछ।
उहाँ हेलिकप्टरबाट ओर्लिएर शव राखिएको ठाउँमा फटाफट हिड्न थाल्नुभएछ। उहाँको पछिपछि तत्कालीन पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी गोविन्द कर्म थापासहित प्रहरीले पछयाउन खोज्दा सामान्य कदका डिआइजी थापाले ६ फिट उचाइका गिरिजाबाबुलाई भेट्न सक्नुभएनछ।
श्रद्धाञ्जली कार्यक्रम सकिएपछि प्रधानमन्त्री काठमाडौं फर्किनु भो, पछि साँझ डिआइजी थापाले आफ्ना सहकर्मीसँग गिरिजाबाबुलाई भेट्न नसकेको प्रसंग निकाल्दा मेची एसएसपीले भन्नुभएछ, ‘सर, ३० वर्ष पञ्चायतविरूद्ध लड्नुहुँदा कति पटक प्रहरीले उहाँलाई खोजी गर्यो, पक्राउ गर्यो, त्यो छाप अहिलेसम्म पनि गएको छैन होला, त्यसैले आफ्नो अगाडि(पछाडि, दायाँ बायाँ प्रहरी देख्दा उही पुरानो कुरा सम्झिँदै झस्किएर ‘ए।। प्रहरी मलाई पक्रिन पो आए कि’ भनेर झुक्किएर छिटो छिटो पाइला चाल्नुभएको होला’ भनेर हँस्यौली गरेको प्रसंग पछिसम्म चलिरहन्थ्यो।
३० वर्ष पञ्चायतविरूद्ध नेतृत्व गरेका गिरिजाबाबुको हकमा यी रमाइला हँस्यौली भए पनि वर्षौसम्म प्रहरीसँग आँखा मिचौली खेलेका दिपक मनाङ्गेका हकमा हकिकत हुन्सक्ला। अर्थात, आफ्ना वरपर प्रहरी देख्दा मेरो सुरक्षाको लागि होकि, गिरफ्तारीको लागिरु भन्ने झस्कानाबाट बाहिर आउन समय लाग्ला।
हिजो राजनीतिक परिवर्तन र प्रजातन्त्रको लागि लडेकालाई आफूले पक्रिए पनि ती पात्रहरू सत्तामा आउँदा आफूले सलाम गर्नुपर्दा गौरव नै लाग्थ्यो। एक जना तत्कालिन डिआइजीले भन्नुहुन्थ्यो, ‘पदमा रहेका धेरैलाई सलाम गरियो, तर पदमा नरहेका गणेश मान सिंहलाई सलाम गर्दाजस्तो मनमा आनन्द कहिल्यै भएन, जबकि, गणेशमानजीले हामीले गरेको सलाम कहिल्यै फर्काउनु पनि भएन।’
जे होस् जनताले निर्वाचित गरेका, सत्तारूढ पार्टीले योग्य ठानेका सांसद दिपक मनाङ्गे मन्त्री हुनु स्वाभाविकै भए पनि हिन्दी फिल्ममा मात्रै देखिएका यस्ता दृश्य नेपालमा दोहोरिरहँदा हिजो यस्ता प्रवृतिलाई हत्कडी लगाउने हातहरू आज तिनैलाई सम्मान र सलाम गर्दैगर्दा मनमा के ठान्दा हुन्रु किनकि, मनदेखि गरेको सलाम र तनले मात्रै गरेको सलामको अनुभूति फरक हुन्छ क्यारे।
प्रकाशित मितिस् शुक्रबार, वैशाख १७, २०७८, सेतो पाटी शिवजी श्रेष्ठ ।
मुख्यमन्त्रीले गुन तिरे, खेलकुदमन्त्री बने दीपक मनाङ्गे
१६ पोखरा, वैशाख । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे बुधबार एकाएक गायब बने । जबकि प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो । र, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०ले ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल सकेर मतदान गर्ने तयारी थियो ।
मनाङ्गेले ‘जनमोर्चाले कता भोट हाल्छ, त्यतै मत दिन्छु’ भनेका थिए भने तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेको थियो । त्यो हुँदा अविश्वासको प्रस्तावको पक्षमा ३२ मत हुन्थ्यो, जुन ६० सदस्यीय प्रदेशसभाको प्रष्ट बहुमत हुन्थ्यो ।
तर मनाङ्गे मात्र होइन, जनमोर्चाका सांसद खिमविक्रम शाही पनि एकाएक सम्पर्कविहीन बने । मनाङे सम्पर्कविहीन भएको भन्दा पनि जनमोर्चाका सांसद खिमविक्रम सम्पर्कविहीन भएको खबरले सनसनी मच्चायो । कोरोना परीक्षण नेगेटिभ आएकाले संसदमा मत हाल्न आउँछु भनेका खिमविक्रम चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा उपचाररत रहेको खबर सार्वजनिक भयो ।
कोरोना पोजेटिभको रिपोर्ट पनि देखाइयो । तर राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद बैठक स्थगित गरिदिएपछि मनाङेबारे सोधीखोजी भएन । आफ्नो सरकार जोगिएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङ्गेलाई मन्त्री बनाएका छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा मन्त्री बनाएका हुन् ।
मनाङ्गे आफैंले खोले पोल !
मन्त्रीको शपथ लिएपछि मनाङ्गेले बुधबार प्रदेशसभामा अनुपस्थित हुनुको राज खुलाएका छन् । मनाङ्गेको भोट नपाउने सम्भावना भएपछि मुख्यमन्त्री गुरुङले उनलाई आफ्नो पक्षमा भोट नहाल्ने भए अरुलाई पनि नदिन सुझाए । गुरुङसँग कुरा भएको स्वीकार गर्दै उनले भने, कम्प्रमाइज भयो, आउनै पर्दैन भन्ने भयो ।’
स्वतन्त्र सांसदका रुपमा निर्वाचित हुन पृथ्वीसुब्बा गुरुङले आफूलाई गुन लगाएकाले आफूले पनि सहयोग गरेको उनले बताए । त्यसरी सहयोग गरेपछि शुक्रबार बिहान मुख्यमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरेको मनाङ्गे आफैंले बताए । एमाले नेताहरुका अनुसार बुधबार सरकार जोगाउन मदत गरेको गुन तिरेको त हो नै, भोलिका दिनमा पनि सुरक्षित रहने प्रयासमा मनाङ्गेलाई मन्त्री बनाइएको हो ।
अब प्रदेशसभामा मुख्यमन्त्रीको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा एक भए मात्र बहुमत पुग्छ । कुनै एक सदस्यले मात्र फ्लोर क्रस गर्ने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ । मनाङ्गेलाई मन्त्री नबनाउँदा उनले अविश्वासको प्रस्तावमा मत दिनसक्ने र फ्लो क्रसले पनि सरकार नटिक्ने अवस्था आउनसक्ने आकलन गरेर यो कदम चालिएको नेताहरु बताउँछन् । एमालेका एक सांसदले भने, ‘मनाङेलाई मन्त्री बनाएएपछि मुख्यमन्त्रीको पक्षमा २८ सांसद भए । अब एक जना विपक्षी सांसदले फ्लोर क्रस गरे भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छ ।’
हुन त खिमविक्रमले बिहीबार वक्तव्य जारी गर्दै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । तर उनले मुख्यमन्त्रीकै पक्षमा मत हाल्ने एमाले सांसदको दाबी छ ।
कम्युनिष्ट आन्दोलन नयाँ उँचाइमा पुग्यो !
जिल्ला प्रशासन कार्यालय कास्की प्रांगणमा रहेको प्रदेश नीति तथा योजना आयोगको हलमा सांसद मनाङेले शपथ खाने कार्यक्रम थियो । शपथको तयारी भइरहँदा एमाले सांसद तथा विधान समितिका सभापति मोहन रेग्मीले ठट्टा गर्दै थिए, ‘अब कम्युनिष्ट आन्दोलन नयाँ मोड र उँचाइमा पुग्यो ।’
ज्यान मार्ने उद्योगदेखि विभिन्न आरोपमा मुद्दा खेप्ने र सांसद बनिसकेपछि पनि विवादमा आइरहने मनाङे कम्युनिष्ट आन्दोलन, संघीयता र निष्ठाको पक्षमा वकालत गरिरहने मुख्यमन्त्रीबाट मन्त्री बक्सिस् पाउनु धेरैका लागि अपत्यारिलो थियो । ‘यो राजनीति हो, दलीय राजनीतिमा यस्तो हुने कुरा नै हुन्’ एमाले सचेतक मायानाथ अधिकारीले भने, ‘एउटा सांसद मन्त्री बन्नु स्वाभाविकै कुरा हो ।’
एमालेकै संसदीय दलको बैठकमा आइरहेका मनाङेलाई मन्त्री बनाउनु सरकारको उपलब्धिमै पर्ने अधिकारीको तर्क छ । कास्कीका सांसद कृष्ण थापाले सरकार टिकाउने र उपलब्धि हासिल गर्ने योजनाका साथ उनलाई मन्त्री बनाएको तर्क गर्छन् ।
राप्रपा हुँदै एमाले र पछि फेरि नेकपा प्रवेश गरेका मनाङ्गेलाई भइरहेको मन्त्रालय फुटाएर मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्री बनाउनुपर्ने कारण के होला त रु प्रदेश प्रमुख अमिक शेरचनबाट युवा तथा खेलकुद मन्त्रीको शपथ खाएपछि स्वयं मनाङेले नै भनिरहेका थिए, ‘यो देशमा धेरै काम गर्नै पर्दैन नि ।’