मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्भिक अस्पताल पुगेर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार दिउँसो प्रचण्ड वैद्यको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

महासचिव वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका थिए । दम रोगबाट पीडित उनलाई समस्या दोहोरिएको बताइएको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

six × one =