नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको यात्रु बस पल्टिँदा ४२ घा-इते

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यात्रु बस दुर्घ,टना हुँदा ४२ जना घा,इते भएका छन् ।

आज बिहान १०:३० बजे नवलपरासीको त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घ,टनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी

कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

उक्त दुर्घ,टनामा घा,इते भएका ४२मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र घाइते सबै खतरामुक्त रहेको उनले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight ÷ 13 =